बुटवलमा जारी १५ औ मनमोहन स्मृति फुटबल प्रतियोगितामा आज वडा नम्वर ३ र १३ भिडदै

खेल जेठ १५ २०७५ ekhabarnepal
2127042695received 10212006483816904 1024x576.


बुटवल ।
बुटवलमा जारी १५ औ मनमोहन स्मृति रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगितामा  आज वडा नम्वर ३ र १३ का बीचमा प्रतिष्पर्धा हुदैछ ।   फिफा टेक्निकल सेन्टरमा  बुटवलमा अपरान्न खेल हुनेछ । यसअघि हिजोको खेलमा वडा नम्वर १० विजयी भएको थियो ।  बडानम्वर २ लाई नम्वर १० ले एक का विरुद्ध ४ गोल गरी विजयी भएको हो ।
जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बुटवल उपमहानगरपालिकाका १८ वटा वडाको सहभागिता रहेको छ । बुटवलका १९ वडा मध्ये एउटा वडा मात्रै प्रतियोगितामा सहभागि भएको छैन ।प्रतियोगिताको बिजेताले ५० हजार नगद तथा उप बिजेतालाई ३० हजार नगद पुरस्कार सहित टफि प्राप्त गर्ने छन।

प्राप्त प्रतिकृयाहरू

To Top