एकात्मकताको सन्देश सहित गणतन्त्र दिवश मुल समारोह सम्पन्न :आश्चर्यको बिषय बन्यो 'ब्यानर'

समाज जेठ १५ २०७५ ekhabarnepal
20999842070c1dcc6c 7b89 4212 8eca b5d8c4b92fce 696x522.


बुटवल जेठ १५,
गणतन्त्र दिवशको अवसरमा आज प्रदेश नम्वर ५ को अस्थायी केन्द्र बुटवलमा बिभिन्न कार्यक्रम भइरहेका छन ।बिहान बुटवलको बसपार्कदेखि बुटवलमण्डप स्थित गणतन्त्र पार्कसम्म प्रभातफेरी र त्यस पश्चात गणतन्त्र मुल समारोह सम्पन्न भएको छ ।
प्रभातफेरी र मुल समारोहमा प्रदेश सरकारका मन्त्रिहरु, जनप्रनिधि, कर्मचारी, सुरक्षा निकाय, उद्योगि व्यवसायी सहित सयौको उपस्थिति रहेको थियो ।
प्रदेश प्रमुख उमाकान्त झाको प्रमुख आतिथ्यमा भएको मुल समारोहलाइृ सम्बोधन गर्दै मुख्यमन्त्रि शंकर पोखरेलले  संघिय लोकतान्त्रिक गणतन्त्रका माध्यमबाट दीगो शान्ति, सुशासन र समृद्ध राष्ट निर्माणमा सबै नेपाली एकजुट भई अघि बढन प्रेरणा दिने कामना गर्नु भयो ।


उहाले केन्द्रिय सरकारले सुखि नेपाली समृद्ध नेपालको लक्ष्य अघि सारीरहेकोमा त्यसलाई सार्थक बनाउन प्रदेश सरकारले समृद्ध प्रदेश खुशि जनताको लक्ष्य अघि सारेको बताउदै राष्ट निर्माणको महाअभियानमा सहयोग गर्न सबै प्रदेशबासीमा आग्रह गर्नुभयो ।
उहाले आउदो बर्षदेखि  प्रदेश र स्थानीय तहका सरकारहरु प्रभावकारी जनतालाई प्रत्याभुति दिलाउने गरी अघि बढने पनि बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अग्रेजलाई हराएको ऐतिहासिक जितगढी किल्ला रहेको बुटवललाई समृद्ध बनाउदै प्रदेश र देशलाई समृद्ध बनाउन सबै नेपाली एक जुट हुनुपर्ने बताउनु भयो ।
गणतन्त्र मुल समारोहमा व्यानर नै नराखिएको प्रति भने सहभागि सबैले आश्चर्य व्यक्त गरेका थिए । जनप्रतिनिध र कर्मचारीहरु आपसमा मुखामुख र खासखुस गरीरहेका थिए ।

ब्यानर बिना कार्यक्रम गरेको प्रति धेरैलेदिवशका अवसरमा बिभिन्न सस्थाले रक्तदान, अस्पतालका बिरामीलाई फलफुल बितरण तथा मैत्रीपुर्ण खेल समेत आयोजना गरेका छन ।आज प्रदेश ५ मा सार्बजनिक बिदा प्रदेश नम्वर ५ को सरकारले आज प्रदेश नम्वर ५ का १२ जिल्लामा सार्बजनिक बिदा दिइएको छ ।आन्तरीक मामिला तथा कानुन मन्त्रालयको निणर्यलाई हिजो साझ बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले अनुमोदन गरी सार्बजनिक बिदा दिने निणर्य गरेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top