एकतापछिको पहिलो भेटमा देउवालाई यस्तो आश्वासन दिदै प्रचण्ड

राजनीति जेठ १५ २०७५ ekhabarnepal
Prachanda sher bahadur fq5vorodvh

काठमाडौं ।

जेठ १५ गते बिहान काँग्रेस सभापति शेरबहादुर देउवा समेत उपस्थित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गीरिजा र प्रचण्डलाई विश्वस्तरमा स्थापित गर्ने किन जाँगर चल्दैन ?’ हाम्रोजस्तो शान्ति सम्झौता यूरोप, ल्याटिन अमेरिका वा अमेरिकामा भएको भए त्यसको चर्चा दिनदिनै हुन्थ्यो । तर, हामी गरीब र सानो मूलुक भएकाले भएन ।’

गत जेठ ३ गते तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनाइएको थियो । यो एकतालाई काँग्रेसका नेताहरुले अधिनायकबाद जन्मने खतराका रुपमा बुझिहरेका थिए । तर, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेस टु फेस भएको थिएन ।

 पार्टी एकताको १२ दिनपछि यि दुई नेताबीच फेस टु फेस पनि भयो । कार्यक्रम थियो– ‘गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापनाका अवसरमा कांग्रेसले शान्तिबाटिकामा गरेको कार्यक्रम ।’
यसअघि सार्वजनिक कार्यक्रममै काँग्रेस नेताहरुले दुई पार्टी एकतापछि लगातारजसो एकताप्रति लक्षित गर्दै ओरोपका गोली नै बर्साउने गरेका थिए । 

गत आइतबार काँग्रेस निकट प्रेश युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेललगायतले नेकपा र उनीहरुको नेतृत्वमा बनेको सरकारको तीव्र आलोचना गर्दै अधिनायकबाद जन्मने खतरा रहेकाले त्यसको खवदारी काँग्रेसले गर्नुपर्ने धारणा राखेका थिए । 

त्यसको जवाफ दिदै मंगलबार अध्यक्ष प्रचण्डले आफुहरु अधिनायकबादको बाटोमा नजाने भन्दै ढुक्क हुन आग्रह गर्दै सहयोग गर्न आग्रह गरे । 
‘हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौं’ प्रचण्डले भने, ‘तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्षमा हामीले जित्नुछ । हामी रिल्याक्समा छैनौं, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी पास हुनैपर्छ ।’

गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिए, देउवाजी प्रधानमन्त्री हुुनुहुन्थ्यो, त्यो बेला मेरो उहाँसँग फोनमा कुरा भएको थियो । तात्कालीन एमालेका नेताहरुसँग पनि हामीले पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बन्यो, गणतन्त्र सानो मेहेनतले आएको होइन ।’

‘गणतन्त्र ल्याउन रोल्पामा वार्ता भयो, मैले पनि धेरै नेताहरुसँग कुरा गरे’ प्रचण्डले भने, ‘गीरिजाबाबूसँग धेरैपटक कुराकानी भयो, चक्र बास्तोला, कृष्ण सिटौला लगायतका नेताहरुले भूमिका खेल्नुभयो । एमालेका पनि नेताहरुले राम्रो भूमिका खेल्नुभयो । हामी मिल्यौं । गणतन्त्र आयो । गिरिजाप्रसाद कोइरालाको टावरिङ पर्सानालिटी नभएको भए गणतन्त्र आउन अझै समय लाग्थ्यो ।’

प्रचण्डले सरकारमा बहुमत भएपनि राष्ट्रिय मुद्धामा कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने बताए । उनले भने, ‘जति–जति बेला कम्युनिष्ट र कांग्रेस मिलेका छौं, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुख पायो । भूकम्पपछि हामी मिल्यौं र संविधान बन्यो । २०४६ सालको आन्दोलन, २०६३ को जनआन्दोलन र गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्धा र हितमा हामी फेरि पनि मिल्नुको विकल्प छैन ।’
‘देशलाई एकतावद्ध गर्न मैले धेरै मेहेनत गरेको छु, मधेशमा समस्या थियो’ प्रचण्डले भने, ‘मैले सबैसँग सहकार्य गर्ने नीति लिएँ, देशमा चुनाव भयो । अहिले सबैले संविधानको अपनत्व लिने अवस्था आएको छ, यो साना दुखले भएको होइन ।’


त्यस्तै कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा पराजित भए पनि काँग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउनु नै ठुलो उपलव्धी भएको र आफैं संविधान लेख्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना कांग्रेसले नै पूरा गरेको दाबी गरे ।  उनले भने ‘पार्टीअनुकुलको नतिजा नआए पनि निर्वाचन सफतापूर्वक सम्पन्न भयो । यो कांग्रेसको ठूलो सफलता हो ।’

लोकतन्त्र व्यवहारमा उतारेमात्र नेकपालाई विश्वास गर्न सकिने देउवाको भनाई थियो । प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई सहयोग गर्छौँ तर’,सरकारले लोकतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाउनुपर्छ । व्यवहारमा देखाउनुपर्छ ।’ कार्यक्रममा नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले संविधान सर्वस्वीकार्य भइसकेको दाबी गरे  भने कांग्रेसका नेता कृष्ण सिटौलाले सबै जनताका हितमा हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताए । 

प्राप्त प्रतिकृयाहरू

To Top