नेपाल आउदै छन् ११ देशका १५ कम्युनिस्ट पार्टी :    केपी–प्रचण्डद्धारा कार्यपत्र प्रस्तुत गरिने  

राजनीति जेठ १४ २०७५ ekhabarnepal
Images

काठमाडौँ । राजनीतिक विचार, चिन्तक वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल माक्र्स द्विशतवार्षिकीका अवसरमा ११ देशका १५ कम्युनिस्ट पार्टी नेपाल आउने भएका छन् । 
कार्ल माक्र्स द्विशतवार्षिकीका सन्दर्भमा अन्तर्राष्ट्रिय सेमिनार आयोजक कमिटीले सोमबार पत्रकार सम्मेलन गरेर गोष्ठीको जानकारी दिएको हो । नवगठित नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेका हुन् । 
कार्यक्रममा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रियाका’का बारेमा र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् ।
गोष्ठीमा रसिया, चीन र लाओसका सत्तारूढ पार्टीका अतिरिक्त बंगलादेशका तीनवटा कम्युनिष्ट पार्टी, जर्मनीका एमएलडी, कम्युनिस्ट पार्टी अफ इन्डिया, कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिवरेसन, जापानिज कम्युनिस्ट पार्टी सहभागी हुनेछन् ।
त्यस्तै वर्कर्स पार्टी अफ कोरिया, कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनाम गोष्ठीमा सहभागी हुन नेपाल आइसकेका छन् ।
त्यसका अतिरिक्त अन्य केही देशका कम्युनिस्ट पार्टी पनि सेमिनारमा सहभागी हुन काठमाडौँ आइसकेको सो अवसरमा जानकारी दिइयो ।

प्राप्त प्रतिकृयाहरू

To Top