महाकाली नदीको बहुप्रयोग गर्न याफ्टिङ सञ्चालन हुदै 

अर्थ जेठ १४ २०७५ ekhabarnepal
%e0%a4%9c%e0%a4%b2%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%be

कञ्चनपुर जेठ १४,  
   भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ ।महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले ¥याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ ।

महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा ¥याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको चुनावी एजेण्डा थियो ।

नगर प्रमुख विष्टले नदीको बहुप्रयोगको एजेण्डाअनुसार ¥याफ्िटङ सञ्चालनका लागि तयारी अघि बढाएका हुन् । नगर प्रमुख विष्टले धार्मिक पर्यटनलाई मध्यनजर गरी ब्रह्मदेवदेखि भित्री मधेशको फर्सवानसम्म ¥याफ्टिङ सञ्चालन गरिने बताउनुभयो ।

भीनपाले पर्यटन मन्त्रालयलाई ¥याफ्टिङ सञ्चालन सहयोगका लागि यसअघि नै पत्र पठाएको थियो । कैलालीको कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालि भीनपाको सहयोगमा ¥याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ ।

कम्पनीका सञ्चालक देवराज जैशीले भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै ¥याफ्टिङ सञ्चालनको तयारी गरिने बताउनुभयो ।“महाकाली नदी ¥याफ्टिङका लागि उपयुक्त गन्तव्य हो, यहाँ त्रिशूली नदीभन्दा पनि राम्रो रहेको कम्पनीका सञ्चालक जैसीले बताउनुभयो ।जैसीको कम्पनीले अहिले कर्णाली, भेरी, सेती, सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली, डोल्पा कर्णाली, त्रिशूली नदीमा ¥याफ्टिङ सञ्चालन गर्र्दै आएको छ ।

ब्रह्मदेव उत्तरको गाउँ मुसेट्टी नजिक त्रिशूलीबाट तीन वटा ¥याप गरी ब्रह्मदेवसम्म पुग्न सकिने जैसीले बताउनुभयो । महाकाली नदीको मौनताको दृष्य समेत पर्यटकलाई देखाउने गरी ¥याफ्टिङको तयारी गरिएको हो । महाकाली नदीमा फिसिङका लागि विदेशी आउने गरेका छन् । सरकारले महाकालीसहित सेती र कर्णालीमा ¥याफ्टिङका लागि अनुमति दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top