३३ किलो सुन प्रकरण :सकियो गोरेको बयान,पुरा  पढ्नुहोस्  

समाज जेठ १३ २०७५ ekhabarnepal
Golddon gore

काठमाडौं  ।
साढे३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि आज आइतवार सकिएको छ भने आजै थुनछेक बहस हुने जिल्ला अदालत, मोरङले जनाएको छ ।

आज बयानका क्रममा गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top