३ वर्षभित्रै काठमाडौंमा मेट्रो रेल चलाएर देखाउछौ - प्रधानमन्त्री ओली

राजनीति जेठ १३ २०७५ ekhabarnepal
Oli

 काठमाडौं जेठ १३,

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै  ३ वर्षभित्रै काठमाडौंमा मेट्रो रेल चल्ने दाबी गरेका छन्।  गत जेठ ७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले काठमाडौंमा ३ वर्षभित्र मेट्रो रेल चल्ने दाबी गरेका  हुन्।

‘काठमाडौं मेट्रो निर्माण कम्पनीसँग महानगरपालिकाले लिखित एमओयू गरिसक्यो,’ प्रधानमन्त्रीले भने, ‘तीन महिना फिजिबिलिटी, त्यसपछिको ६ महिना डिटेल सर्भे, त्यसपछि तीन वर्षभित्र काठमाडौंमा मेट्रो चल्छ।’ सबै काम हेर्दाहेर्दै हुने उनले बताए। ‘यो योजनाहीन ढंगले भनिएको छैन।

प्राप्त प्रतिकृयाहरू

To Top