जापानको टोकियोमा नेपाली कलाकारका लागि ‘सुर्य इन्टरनेशनल अवार्ड’

मनोरञ्जन जेठ १३ २०७५ ekhabarnepal
Award japan8895

काठमाडौं जेठ १३,
जापानमा पहिलोपटक नेपाली कलाकारका लागि अवार्ड हुने भएको छ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सुर्य कर्पोरेशनले जापानको टोकियोमा अवार्ड गर्ने जनाएको छ । आयोजकले अवार्डको ब्यानर सार्वजनिक गर्दै अवार्डको घोषणा गरेको हो ।
डान्स, कमेडी, गायन र अभिनय विधालाई समेटेर अवार्ड आयोजना गर्न लागेको आयोजक संस्थाका बासुदेव लामिछानेले बताएका छन । उनका अनुसार विश्वकै सबैभन्दा ब्यस्त र महँगो शहर टोकियोमा अहिलेसम्मकै ठुलो साँस्कृतिक कार्यक्रमबिच अवार्ड हुनेछ ।
‘सुर्य इन्टरनेशनल अवार्ड’ नाम दिइएको उक्त अवार्डमा नेपाली चलचित्र र संगीत दुवै विधामा नोमिनेसन छनोट गरि अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ । चलचित्र र संगीत गरि जम्मा १२ विधामा ५–५ नोमिनेसनमा गरी अनलाइन भोटिङ सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । अवार्ड आगमी सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा गर्ने तयारी भइरहेको  लामिछानेले बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top