डडेल्धुरा जाँदै गरेको एअर सस्पेन्सन एसी बसमा आगलागि

समाज जेठ १२ २०७५ ekhabarnepal
Ugratara yatayat 1


काठमाडौं, १२  जेठ । काठमाडौँबाट डडेल्धुराको लागि छुटेको अत्याधुनिक सुविधाको बसमा आगलागि  भएको छ ।
शुक्रबार काठमाडौँबाट डडेल्धुराको लागि छुटेको बा ४ ख ८४९२ नम्बरको उग्रतारा यातायातको गाडीमा विहान करिब ६ बजे तिर कोहलपुरको बासगढी नजिक आगलागि भएको हो ।

अर्को गाडिलाई ओभरट्याक गर्ने क्रममा अगाडीको चक्कामा आगलागि भएको थियो । आगलागिबाट गाडी जलेर पुर्ण रुपमा नष्ट भएको छ । यात्रुहरु सबै सकुसल रहेका छन् ।

गाडीमा भएका यात्रुहरुका सबै समानहरु जलेका छन् । दमकल समयमा नपुग्दा गाडी पुरै जलेको प्रहरीले जानकारी दिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top