एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्दैछ नेपाल 

खेल जेठ ११ २०७५ ekhabarnepal
1470226467 nepal cricket

काठमाडौं । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।एक दिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग उसैको मैदानमा पहिलो खेल खेल्ने छ ।

ङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने ट्वेन्टी ट्वेन्टी त्रिकोणात्मक शृङ्खला हुनेछ ।उक्त शृङ्खलापछि नेपालले नेदरल्यान्ड्स गएर २ वटा एक दिवसीय खेल खेल्ने छ । नेपालले अगष्ट १ र ३ तारिखमा नेदरल्यान्ड्ससँग २ खेल खेल्ने तय भएको छ ।

केही महिनाअघि सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाल अर्को वर्ष आयोजना हुने विश्व कपका लागि छनोट हुन असफल भए पनि ४ वर्षका लागि एक दिवसीय क्रिकेट खेल्ने हैसियत बनाउन सफल भएको थियो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले नेपालको क्रिकेट संघमाथि निलम्बन लगाएको अवस्थामा नेपाली टोलीले कहिले र कोविरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो । नेदरल्यान्ड्स विरुद्धको एक दिवसीय खेलबारे आईसीसीले आधिकारिक रुपमा केही नबताए पनि क्रिकेट अनलाईनहरुले खेल तालिका सार्वजनिक गरिसकेका छन् ।

नेदरल्यान्ड्स विरुद्धको खेलका लागि प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितापछि खेलाडी छनौट गरिने छ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आगामी आइतबार काठमाडौंमा हुँदैछ ।

प्राप्त प्रतिकृयाहरू

To Top