विश्वको चाहना विपरित निर्णय भएको छ- उत्तर कोरिया

विश्व जेठ ११ २०७५ ekhabarnepal
1508411253korea 850x490

बीबीसी ।
उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनसँगको शिखर वार्ता रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ ।उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरित भएको बताएका छन् ।
स्थानिय समाचार संस्थाका अनुसार किम जोेङ उनले शिखर बैठकका लागि ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङ्टनका मतभेदहरु ‘जहिले पनि, जसरी पनि’ समाधान गर्न प्योङ्याङ इच्छुक छ । डेमोक्रेटिक दलकी नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रूपमा व्यवहार गर्न नसकेको बताइन्। यता, राष्ट्रपति ट्रम्पको बैठक स्थगनको निर्णयपश्चात् ह्वाइट हाउसका अधिकारीले उत्तर कोरियाले अनेकौं वचन तोडेको बताए । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले गहिरो खेद व्यक्त गर्दै आफ्ना उच्च सुरक्षा अधिकारीहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका छन्।
शिखर बैठक स्थगन गर्ने निर्णय लिएका राष्ट्रपति ट्रम्पको विपक्षीहरूले अमेरिकी संसदमा चर्को आलोचना गरेका छन्।
तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले उत्तर कोरियाका प्रतिनिधिहरू सिंगापुरमा अघिल्लो साता शिखर बैठकको तयारीका लागि हुने भनिएको बैठकमा नआएको र प्योङयाङले आफ्नो परमाणु परीक्षणस्थल नष्ट गर्ने क्रममा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई उपस्थित हुन नदिएको टिप्पणी गरेका छन्।बिहीवार विदेशी पत्रकारहरूको एउटा समूहलाई उक्त भूमिगत परिक्षणस्थलसम्मको प्रवेश सुरुङ नष्ट गर्न आयोजित कार्यक्रममा उपस्थित गराइएको थियो।
एजेन्सी

प्राप्त प्रतिकृयाहरू

To Top