पूजा सकेर कालीगण्डकीमा नुहाउँन गएका दुईजना युवा बेपत्ता 

समाज जेठ ११ २०७५ ekhabarnepal
Aper karnali river

रामपुर  जेठ ११ ,
 रासस । कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनीहरु बिहीबार नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६, यम्घा नजिकैको कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए । उनका अनुसार कूलपूजा सकेर नुहाउन गएका चारजनामध्ये दुईजना बेपत्ता भएको र दुईजनाको नदीबाटै उद्धार गरिएको छ । 
उद्धार गरिएका दुई युवकको अवस्था मध्यम रहेको र उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभासमा ल्याइएको प्रहरीले जनाएको छ । बेपत्ता भएका युवाको खोजी कार्य भइरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top