राष्ट्रियसभामा दर्ता भयो नीति संशोधन प्रस्ताव

राजनीति जेठ ११ २०७५ ekhabarnepal
Bicc

 

काठमाडौं  जेठ ११,
 रासस। सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा समेत संशोधन प्रस्ताव दर्ता भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका तर्फबाट बैठकमा संशोधनको प्रस्ताव दर्ता भएको हो । राष्ट्रियसभा बैठकमा बिहीबारदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका सुरेन्द्रराज पाण्डे, फोरमकी प्रमिला कुमारी तथा राजपाका वृषेशचन्द्र लालले संशोधनको प्रस्ताव दर्ता गराएका हुन् ।  

संघीय संसद्को यही जेठ ७ गते बसेको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामुख र राष्ट्रियसभाका अध्यक्षको मर्यादा ख्याल नगरिएको भन्दै संशोधन प्रस्ताव दर्ता गरिएको सांसद पाण्डेले जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

To Top