क्रिकेटर सन्दीप लामिछानेले पाए २५ लाख सहित कार उपहार 

खेल जेठ १० २०७५ ekhabarnepal
Sandip lamichhane 8 ady8evxlcq

 काठमाडौं जेठ १०,  
युवा क्रिकेटर सन्दीप लामिछानेले टाटा मोटर्सको २५ लाख रुपैयाँ पर्ने टिगोर कार पाएका छन् ।
टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि सहकार्य घोषणा गर्दै कार उपहार दिएको हो । कारको सबै मूल्य कम्पनीले दिनेछ ।

बुधबार आयोजित एक कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई कारको चाबी हस्तान्तरण गरेकाहुन ।

१७ वर्षका सन्दीप हालै मात्र आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । उनले दिल्ली डेडरडेभिल्सबाट अन्तिम तीन खेलको मौका पाएका थिए तर, आफूलाई अब्बल सावित गरेका छन् । आईपीएलमा दिल्लीको अन्तिम खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध तीन विकेट लिए ।

प्राप्त प्रतिकृयाहरू

To Top