युट्युब ट्रेन्डिङको नम्बर एकमा प्रकाश सपुतको गीत "बोल मायाँ"

मनोरञ्जन जेठ ९ २०७५ ekhabarnepal
Maxresdefault 6

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘बोल मायाँ...’ युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । नारायण रायमाझी, प्रकाश सपुत र शान्ती श्री परियारको स्वर रहेको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपुतकै छ । वैदेशिक रोजगारको कथा समेटिएको गीतमा धन कमाउन गएको श्रीमान् तथा छोरा केही समयमै मृत अवस्थामा फर्काइँदा त्यसले सिर्जना गरेको पीडालाई देखाइएको छ ।युट्युब ट्रेन्डिङमा एक नम्बरमा रहेको गीतको भिडियोमा डिप्लोभ बिके, खुसी थापा, प्रकाश सपुत, अञ्जली अधिकारी, देबेन्द्र बब्लु र सितारे गन्दर्भ फिचर्ड छन् । 

भिडियो निर्देशन प्रकाश सपुत आँफैले गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top