नेपालमा खुल्ला भौगर्भिक संग्राहलय तथा मनोरंजन पार्क

बिचार जेठ ९ २०७५ ekhabarnepal
02 geo museum 3

बलवहादुर आचार्य
राजनीतिक आन्दोलनको समाप्तिसंगै नेपालले आर्थिक समृद्धिको आन्दोलनलाई तिव्र गतिमा अगाडी बढाउने सोच राखेकोछ । नेपालको आत्म निर्भर अर्थतन्त्र निर्माणको मूल आधार स्तम्भ भनेको कृषि, पर्यटन र प्राकृतिक संपदा क्षेत्रहरुको व्यवस्थापन नै हो । जवसम्म नेपालले यी तीन वटा क्षेत्रको गुरुयोजनाका साथमा कार्ययोजना अगाडी बढाउदैन तवसम्म देशल आर्थिक प्रगतिको दिशामा ठिक गतिले अगाडी बढन सजिलो देखिदैन । पर्यटन व्यवशायका लागि नेपालको भौगोलिक तथा भौगर्भिक बनोट तथा प्राकृतिक र साँस्कृतिक विविधता बरदानको रुपमा रहेका छन । पर्यटनका लागि नेपालमा रहेको यस्तो अनुकलतालाई हामीले योजनाबद्ध रुपमा संचालन गरेरमात्र हामीले हाम्रो राष्ट्रको समृद्धिमा टेवा पुर्रयाउन सक्नेछौ । तसर्थ अव हामीले हाम्रा क्षेत्रहरुमा रहेका सवै खालका संभावनाको अध्ययन तथा अनुुन्धान गर्दै हामीले हाम्रो समाजलाई अगाडी बढाउन काँहा र कसरी लाग्न सकिन्छ भन्ने वारेमा आआफनो ठाउँवाट लाग्नु पर्ने बेला आएकोछ । 
    नेपालको पर्यटन उधोग तथा व्यवशाय ज्यादै धेरै संभावना र विविधताहरु भएको क्षेत्र हो । नेपालको पर्यटन विकासको सन्दर्भमा कुरा गर्दा नेपालमा रहेका पर्यटकीय स्थलहरुलाई अन्तराष्ट्रिय स्तर, राष्ट्रिय स्तर, प्रादेशिक स्तर र स्थानीय स्तरका पर्यटकीय स्थलका रुपमा बग्रीकरण गर्न सकिन्छ भने विषयका हिसावले धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, शैक्षिक, भौगर्भिक तथा साँस्कृतिक लगायतका विषयमा बग्रीकरण गर्न सकिन्छ । कतिपय अवस्थामा आवश्यकता अनुसार विभिन्न विषयका आधुनिक पर्यटकीय स्थलहरु पनि विभिन्न स्थानमा निर्माण गर्न सकिन्छ ।
    हामीले यहाँ अहिले हाल विश्वमा भर्खरमात्र शुरुवात हुदै आएको नयाँ विषयको पर्यटकीय स्थल खुल्ला भौगर्भिक संग्राहलय तथा मनोरंजन पार्क ( इउभल न्भय ःगकभगm बलम च्भअचभबतष्यल एबचप ) का बारेमा चर्चा गर्न खोजिएकोछ । यो एउटा बैज्ञानिक विषयबस्तुलाई मानिसहरुको वीचमा मनोरंजनात्मक रुपमा पस्कने खुल्ला भौगर्भिक संग्राहलय हो । हाम्रो देशका विभिन्न भागहरुमा रहेका जीवाशेष, जीवको उत्पति र विकास झल्कने बनावटहरु, माटो, खनिज पदार्थ तथा भौगर्भिक बनावटहरुको बैज्ञानिक बिबरणहरु रहने यस संग्रालयको विशेषता हो । 
पर्यटन गन्त्यव्य एउटा सामुहिक व्यवशाय पनि हो । पर्यटकीय गन्त्यव्यलाई सफलताको साथमा संचालनका लागि यससंग सम्वन्धित विषयहरुलाई समेत समायोजन गर्न आवश्यक हुन्छ । त्यसकारणले हामीले यस पार्कमा आउने पर्यटकहरुलाई हामीले हाम्रा सामाग्रीहरु देखाउदै उनीहरु र उनीहरुसंग आउने बालबालिकालाई यस पार्कमा केही समयका लागि मनोरंजनात्मक क्रिया कलापमा रमाउने र भोक लाग्दा खाना तथा नास्ताको समेत व्यवस्था गर्दै समय विताउने पाउनु यस पार्कको अर्को बिशेषताका रुपमा रहकोछ । समग्रमा भन्दा यस पृथ्वीमा भएका तथा भई रहेका विभिन्न गतिविधिहरु तथा बस्तुहरुको बैज्ञानिक सत्य तथ्यका आधारमा कुनै स्थानमा बनाइएको भौगर्भिक बस्तुहरु प्रत्यक्ष रुपमा देख्न र महशुस गर्दै मनोरन्जनात्मक रुपमा समय बिताउन पाइने पर्यटकीय गन्त्यव्वलाई खुल्ला भौगर्भिक संग्राहलय तथा मनोरंजन पार्क भनिएको छ । यस खुल्ला भौगर्भिक संग्राहलय तथा मनोरंजन पार्कका बारेमा निम्न उदेश्य तथा विशेषताहरुको तल चर्चा गरिएको छ । 
संग्राहलय विकासको अवधारणा ः यस संग्राहलय निर्माणमा निम्न अवधारणा रहेको छन । हाम्रो देशमा रहेका हरेक पर्यटकीय क्षेत्रहरुलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गर्ने । यस देशका केही पर्यटकीय स्थलहरुलाई बिश्व प्रसिद्ध पर्यटकीय स्थलको रुपमा बिकास गर्ने । पर्यटन क्षेत्रलाई शैक्षिक पर्यटनको रुपमा पनि विकास गर्ने । नेपालको स्वाधिन अर्थतन्त्र निर्माणमा एउटा बलियो आधार पर्यटन क्षेत्रलाई बनाउने । संग्राहलय तथा पार्कलाई पूर्ण रुपमा हरियाली तथा बाताबरणमैत्री रुपमा निर्माण गर्ने ।
संग्रालय निर्माणको उदेश्य ः हाम्रो देशमा यस खालको संग्राहलय तथा पार्क नयाँ विषय भएकोले यस्ता खालको पार्क निर्माणको उदेश्यहरु यस प्रकार रहेका रहेकाछन् । नेपालमा पर्यटनका क्षेत्रमा एउटा नयाँ विषयको प्रवेश गराउने । मानिसहरुलाई यस पार्कको माध्यमवाछ बैज्ञानिक सत्य तथ्यका बारेमा सूचना प्रवाह गर्ने । नेपालमा रहेका खनिज तथा अन्य भौगर्भिक श्रोतहरु, भौगर्भिक बनोट तथा वस्तुहरुको प्रदर्शनी गर्दै उक्त वस्तुहरुको एउटै ठाउमा संग्रह गर्दै संग्राहलयको स्थापना गर्ने । यस संग्राहलयको माध्यमवाट नेपालको पर्यटन प्रवर्धनका क्षेत्रमा योगदान पुरयाउने । पार्क तथा संग्राहलयहरु बातावरणमैत्री पर्यटन व्यवशाय हुन सक्छन भन्ने सन्देश दिने र नेपालमा एउटा आधुनिक तथा सुविधा सम्पन्न शैक्षिक तथा अनुसन्धानात्मक पर्यटन क्षेत्रको विकास गर्ने ।

संग्राहलयको संरचना 
    यो एउटा न त संग्राहलय मात्र हो न त पार्क मात्र हो न त अनुसन्धान केन्द्र मात्र हो । यस संग्राहलय तथा पार्क भौगर्भिक बस्तुहरुको बारेमा विभिन्न सोच भएको एउटा बहुउदेश्य पार्क भएकोले यसको संरचना पनि विविधतामा आधारित रहेकोछ । यसको आवश्यकतालाई ख्याल गर्दै यस संग्राहलयको प्रस्तावित संरचना यस प्रकार रहेको छ । 
१. दृश्य सामाग्री प्रर्दशन  
    यस क्षेत्रमा भिडियो मार्फत हाम्रो ब्रम्हाण्ड, पृथ्वी, पृथ्वीमा जीव विकास र मानव विकासक्रम लगायतका विषयहरुको उत्पति कसरी हुन्छ भन्ने विषयहरु देखाइन्छ । त्यसै गरी यस क्षेत्रमा ज्वालामुखि, भूकम्प, पहिरो, बाढी, हिमालय उत्पति र विकास, प्लेटहरुको चाल तथा अन्य प्राकृतिक विपत्ती लगायतका विषयहरुको भिडियो मार्फत दृश्य सामाग्रीहरुको प्रदर्शनी गरिनेछ ।
२) तस्विर प्रर्दशन ( नेपाल रहेका भौगर्भिक क्षेत्रहरु ) 
यस क्षेत्रमा नेपाल पाइने विभिन्न भौगर्भिक बनोट तथा बस्तुहरु तस्विरमा देखाइने छ र यसको बैज्ञानिक विवरणहरु पनि यसै साथमा राखिन्छ । यस क्षेत्रमा माथि दृश्य प्रदर्शन क्ष्ोत्रमा रहेका सामाग्री तथा हिमाल, पाहाड, चट्रटान, विभिन्न खनिज संपदा, नेपालका विभिन्न भागमा भएका पर्यटकीय गुफा तथा अन्य गुफाहरु, झरनाहरु, जिवाशेषहरु आदी रहनेछन् । 
३) प्राकृतिक भौगर्भिक बस्तुहरुको भौतिक प्रदर्शन क्षेत्र

    संग्राहलयको यस क्षेत्रमा नेपालको विभिन्न स्थानमा पाइने भौगर्भिक बस्तुहरुको प्राकृतिक अवस्थामै राखिने र यसको बैज्ञानिक विबरणहरु पनि यसैको साथमा राखिनेछ । यस क्षेत्रमा नेपालका विभिन्न स्थानमा नेपालमा पाइने विभिन्न कार्यमा प्रयोग हुने माटोहरु कालो, सेतो, कमेरो, पहेलो र कृषि उत्पादनमा प्रयोग भएका विभिन्न माटोहरु रहनेछन । त्यसै गरी यस क्षेत्रमा नेपालमा पाइने विभिन्न चट्रटानहरु, खनिज पदार्थहरु, विभिन्न जीवाशेषहरु लगायता बस्तूहरु हेर्न र छुन पाउने व्ष्वस्था मिलाइने छ । 
४) कृतिम भौगर्भिक भौतिक प्रदर्शन क्षेत्र 
    कतिपय भौगर्भिक बस्तुहरु प्राकृतिक रुपमा नपाइने भएकोले उक्त बस्तुहरुको मानव निर्मित बस्तुहरु यस क्षेत्रमा राखिनेछ । यस क्षेत्रमा हामीले जीव विकासक्रम, मानव विकासक्रम, ज्वालामुखि, भूकम्प, पहिरो, बाढी हिमालयको उत्पति र विकास तथा पृथ्वीमा रहेका प्लेटहरु आदी बस्तुहरुयस क्षेत्रमा राखिनेछ ।
५) मनोरंजनात्मक क्षेत्र – 
    पर्यटकीय क्षेत्र पर्यटक गन्त्यव्य मात्र भएर संचालन गर्न सकिन्न र अहिले पर्यटन स्थलका साथमा त्याहा आउने पर्यटकहरुलाई यस संग्राहलयमा आए पछि उनीहरु र संगै आएका बालबालिकाहरुलाई रमाउने तथा खान बस्न र आराम गर्न सक्ने वाताबरण पनि बनाउनु आवश्यक भएकोले यस क्षेत्रमा मनोरंजन क्षेत्रको पनि व्यवस्था गरिनु पर्दछ । त्यसैले यस क्षेत्रमा फुल तथा अन्य बनस्पतिका बगैचाहरु, स्वीमिड पुल, बाल उद्दान, खाजा नास्ता घर, च्यअप अष्mिदष्लन लगायतका आवश्यक मनोरंजनात्मक क्षेत्र निर्माण गरिनेछ ।
६)     कार्यालय तथा अनुसन्धान केन्द्र 
    यस संग्राहलयको कामलाई व्यवस्थित गर्दै नेपालका विभिन्न स्थानमा पाइने भौगर्भिक बस्तुहरुको बारेमा अध्ययन गर्ने गरी एउटा सुविधा सम्पन्न अनुसन्धान केन्द्रको पनि स्थापना गर्नु पर्दछ ।  
संग्राहलय निर्माणका लागि अव के गर्ने त ? 
संग्रालयको अवधारणको अन्तिम रुप तयार गर्ने, संग्राहलय संचालनको संयन्त्र निर्माण तथा संचालनका बारेमा कार्यविधिका लागि आवश्यक विधान निर्माण गर्ने । यी काम सम्पन्न भए पछि संग्राहलयकालागि आवश्यक जमिनको व्यवस्था गर्ने । उक्त जमिनमा संरचनाको लागि अवधारण नक्सा तयार   पार्ने । सो परियोजनको अवधारण नक्सा छलफलवाट पारित गरे पछि उक्त नक्साको विस्तृत परियोजना प्रतिवेदन तयार गर्दै नक्सा पास गर्ने । नक्सा पास भए पछि सो परियोजनाको निर्माणको कार्य संचालन गर्ने साथै उक्त समितिले आवश्यक सामाग्रीहरुको संकलन पनि शुरु गर्ने । संग्राहलय संचालनका लागि नीति नियम निर्माण   गर्दै संरचना निर्माणको कार्य सम्पन्न गर्दै संग्राहलय संचालनरी गर्ने । 

( यस खुल्ला भौगर्भिक पर्यटन पार्कको बारेमा होटल न्यू एरामा यस लेखकको अगुवाइमा डि.आर घिमिर,े माधव नेपाल, पुरुषोतम धिमिरे, सागर न्योपाने लगाउतका व्यत्तित्वको उपस्थितिमा, २ वटा बैठक सम्पन्न भई यस लेखकलाई विश्व बिद्यालयका भूगर्भ विभागका प्रमुख प्रा. डा. लालु पौडेलसंग सुझाव सल्लाह लिइ कार्यपत्र बनाउने जिम्मेवारी पाए अनुसारको यो कार्यपत्र बनाएको हो र यस बारेमा गलत सूचना प्रवाह गरेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।)

प्राप्त प्रतिकृयाहरू

To Top