सुन तस्कर गोरे भारतबाट पक्राउ

समाज जेठ ८ २०७५ ekhabarnepal
01 15052018120810 600x0

 

 काठमाडौँ,जेठ ८

 प्रहरीले खाेजिरहेका सुन तस्कर गाेरे भन्ने चुडामणि उप्रेती सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य नाईके गोरे भनिने चुणामणी उप्रेती भारतबाट पक्राउ परेका छन् । 

प्रहरीले खाेजिरहेका सुन तस्कर गाेरे  साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त हुन् ।


 समितिले यस विषयमा जानकारी गराउन १२ बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलनकाे तयारी गरिरहेकाे छ।

स्राेतका अनुसार हत्या गरिएका सनम शाक्यका परिवारले गाेरेका विषयमा अनुसन्धान समितिलाइ दिएकाे सूचना पछ्याउँदै दिल्ली पुगेकाे टाेलीले भारतीय प्रहरीकाे सहयाेगमा उनलाइ नयाँ दिल्लीबाट पक्राउ गरेकाे हाे। दिल्लीमा लुकिछिपी बसेका गाेरे माेरंग उर्लाबारीमा रहेका सहयाेगीसँग निरन्तर सम्पर्कमा थिए। भारतीय र युएइकाे माेबाइल नम्बर प्रयाेग गरिरहेका गाेरे पक्राउ परेसँगै घटनाका विषयमा थप रहस्य खुल्ने अनुमान गरिएकाे छ।

प्राप्त प्रतिकृयाहरू

To Top