राष्ट्रकवि माधव घिमिरे दुई सातादेखि ग्राण्डी अस्पतालमा उपचार गराउँदै 

समाज जेठ ७ २०७५ ekhabarnepal
Ghimire


काठमाडौं जेठ ७ ,
राष्ट्रकवि माधव घिमिरे ग्राण्डी अस्पतालमा उपचार गराईरहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ९९ वर्षीय घिमिरे दुई सातादेखि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका हुन्।

स्वास्थ्यमा सुधार नदेखिएमा घिमिरेलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । उनी तीन महिनादेखि बिरामी भएको पारिवारिक स्रोतले जनायो ।

९९ वर्षीय घिमिरेको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको छ । तर, विगत दुई हप्तादेखि उनको दिसामै रगत देखिन थालेपछि स्वास्थ्य झन् बिग्रिएको हो । त्यसयता उनको दिसामा निरन्तर दिसा देखिएको छ । उपचार गर्दा पनि रोकिएको छैन ।

अस्पतालले जानकारी दिए अनुसार घिमिरेको उपचारमा मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा विवेक शर्मा, डा अखिलेश कश्यप लगायतका चिकित्सक संलग्न छन्।

प्राप्त प्रतिकृयाहरू

To Top