अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सुचारु , जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुदै 

समाज जेठ ७ २०७५ ekhabarnepal
Images cms image 000039572


काठमाडौं जेठ ७, 
 हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज सोमबारबाट दैनिक २१ घण्टा संचालन हुने भएको छ ।यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको हो ।

दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार आज सोमवार बाट विहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुन्छ । अब विगतको जस्ता समस्या नहुने भएको छ ।

देशको एक मात्र अन्तराष्ट्रिय विमान स्थललाई २१ घण्टा सञ्चालन गर्न चाहिने एटीसीलगायत आवश्यक जनशक्ति व्यवस्थापन भइसकेको क्षेत्रीले बताए । उनका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top