हरेक वर्ष दुई अर्ब रूपैयाँको काठ आयात

अर्थ जेठ ५ २०७५ ekhabarnepal
 101635776  95145379 woodland640



 अर्बौँ रूपैयाँको काठ विदेशबाट ल्याइँदै

काठमाडौँ,जेष्ठ ५


नेपालमा बर्सेनि अर्बौँ रूपैयाँ बराबरको काठ उत्पादन भए पनि नीतिगत तथा कानूनी समस्याका कारण सडेर खेर जाने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

पछिल्ला वर्षमा काठ आयात गर्दा हरेक वर्ष सरदर दुई अर्ब रूपैयाँ विदेशिने गरेको सरकारी तथ्याङ्क छ।

निजी क्षेत्रलाई समेट्न नसके काठ उत्पादनमा परनिर्भरता झनै बढ्ने व्यवसायीहरूको चिन्ता छ।

हाल बर्सेनि झण्डै एक करोड घनफिट काठ उत्पादन भइरहेकोमा त्यसमध्ये राष्ट्रिय र सामुदायिक वनबाट उत्पादन हुने परिमाण निकै कम भएको अधिकारीहरूले बताएका छन्।

नेपाललाई काठमा आत्मनिर्भर बनाउन विगतदेखि नै प्रयास भए पनि परम्परागत सोच र व्यवस्थापन शैली बाधक भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

वनमन्त्री शक्ति बस्नेतले भने, "वनको संरक्षण र उपयोगसम्बन्धी सही बुझाइ आवश्यक छ र यसका लागि कानूनी र संरचनागत सुधारको खाँचो छ। कतिपय नीति र कानूनलाई व्यावहारिक बनाउन आवश्यक छ।"


हाल अर्बौँ मूल्यका काठ भारत, बंगलादेश, इन्डोनेशिया, मलेसिया र म्यानमार लगायतका मुलुकबाट आयात भइरहेको छ।

नेपालमा हाल खपत भइरहेको भन्दा बढी परिमाणमा काठ उपलब्ध भए पनि खेर जानुमा यहाँको काठको बजार मूल्य महँगो हुनु अर्को मुख्य कारण रहेको व्यवसायीहरूको भनाइ छ।

नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष कपिल अधिकारीका अनुसार नेपालका वनहरूमा उत्पादन हुने काठको वर्गीकरण प्रणाली र वन अधिकारीका कतिपय अपारदर्शी शैलीका कारणले पनि वनको उत्पादन प्रभावित बनेको हो।

अधिकारीले थपे, "विभिन्न ठाउँमा चन्दा सहयोग नगरी नहुने भएकाले मूल्य सोचेभन्दा बढी हुन गएको छ। यो मूल्यलाई नियन्त्रण गर्न जरूरी छ।"

सरकारले हालै वन व्यवस्थापनलाई सुधार्न श्वेतपत्र समेत जारी गरेको थियो।

त्यसमा पनि देशलाई काठमा आत्मनिर्भर बनाउने उल्लेख छ।

प्राप्त प्रतिकृयाहरू

To Top