मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु 

समाज जेठ ५ २०७५ ekhabarnepal

 

काठमाडौँ,जेष्ठ ५
  पूर्वपश्चिम राजमार्गको बर्दघाटमा शुक्रबार दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सशस्त्र प्रहरी सीमा सुरक्षा तालिम विद्यालय नजिकै दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो भने एक जनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको हो।

बर्दघाट १६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४ का वर्ष १९ का आशिष जीसी र बर्दघाट १६ बस्ने ३० वर्षीय अजितसिं ठकुरीले दुर्घटनामा ज्यान गुमाएका हुन्।

 नवलपरासी प्रहरीका अनुसार बर्दघाट १४ का वर्ष २४ का दिपेन्द्र जीसीलाई उपचारका लागि बुटवल पठाइएको र उनको अवस्था खतरामुक्त छ।

प्राप्त प्रतिकृयाहरू

To Top