प्रदेश ५ का समृद्धिका मूल आधारहरु

बिचार जेठ ४ २०७५ ekhabarnepal
Bal bhd acharya

 

बलबहादुर आचार्य

कुनै पनि स्थानको विकासको लागि पहिले हामी पुग्ने स्थान काँहा हो र उक्त स्थानसम्म पुग्नका लागि हाम्रो कार्यनीति तथा कार्ययोजनाहरु के के हुन भन्ने बारेमा स्पष्ट हुनु आवश्यकछ । अहिले भर्खरै सम्पन्न तीनै तहको निर्वाचनवाट नेपालमा तीन तहका सरकारहरु निर्माण भएकाछन । अव यी तीनै तहको सरकारहरुले आफ्रनो कार्यक्षेत्रमा रहेका जनताको जीवनस्तर माथि उठाउन आवश्यक नारा तथा कार्यक्रमहरु तय गरिरहेका छन् । यसै सन्दर्भमा प्रदेश नं ५ ले पनि लक्ष्यगत नाराको रुपमा सुखि जनता समृद्ध प्रदे्रश भन्ने नारा तय गरेकोछ र आगामी दिनमा यसको कार्यनीतिक नारा तथा विकासका कार्ययोजनाहरु क्रमश अगाडी बढाउनेछ नै । यसै सन्दर्भमा यस नारालाई सफल  बनाउनका लागि आफुलाई लागेका केही विषयहरुको बारेमा यहाँ चर्चा गर्न कोशिस गरिएकोछ । यसै सन्दर्भमा यही जेष्ठ ३ गते जीवराज आश्रित प्रतिष्ठान बुटवलले आयोजना गरेको प्रदेश ५ को समृद्धिका मूल आधारहरु भन्ने विषयको अन्तरसंवाद कार्यक्रममा प्रस्तुत अवधारणपत्रलाई यहाँ प्रस्तुत गरिएको छ ।

लक्ष्यगत नारा ः
सुखि जनता ः समृद्ध प्रदेश

कार्यनीतिक नारा ः
प्रदेश नं ५ को आर्थिक समृद्धिको मूल आधार
कृषि, पर्यटन र प्राकृतिक संपदामा आधारित उधोग र व्यापार

पृष्ठभूमि ः
 अहिले हामी कुन अवस्थामा छौ ।

  •     नेपालमा राजनीतिक आन्दोलनले एउटा चरण सम्पन्न गरि आर्थिक समृद्धिको अभियानमा प्रवेश गरेकोछ ।
  •     नेपाली समाज यतिबेला पूँजीवादी युगमा हिडीरहेको छ र हामीले समाजवादी समाजको लक्ष्य तय गरेका छौ ।
  •     समाजवादी अर्थ व्यवस्थाका सूचकहरु तय भएका छैनन् ।
  •     समाजवादी अर्थ व्यवस्थामा जाने आर्थिक कार्यक्रमहरु तय भएका छैनन् ।
  •     दलालपूँजीको बोलबालाका कारण व्यापार घाटा आकासिएको छ र हाम्रै स्वदेशमा आधारित उधोग व्यवशाय ज्यादै कमजोर अवस्थामा रहेकाछन ।
  •     केही कृषि क्षेत्रमा व्यवशायिक खेती शुरुवात भएको भए पनि कृषिको ठूलो क्षेत्र निर्वाहमुखि उत्पादन प्रणालीमा रहेकोछ ।
  •     अपार प्राकृतिक संपदाहरुको अध्ययन अनुसन्धान नभएका कारण उक्त क्षेत्रको संपदामा आधारित भएर औधागिकरण र व्यवशायिकरण हुन सकेको छैन ।
  •     पर्यटनका विविध क्षेत्रहरुको संभावना भएर पनि यस क्षेत्रलाई योजनाबद्ध रुपमा व्यवस्थापन गर्न सकिएको छैन । 
  •     हालको शिक्षा नीतिले हाम्रो आवश्यकता बमोजिमको जनशक्ति उत्पादन गर्न सकेको छैन हामीले उत्पादन गरेको शैक्षिक जनशक्ति दक्ष र शिपयूक्त छैन । शिक्षित बेरोजगारहरुको उत्पादन भइरहेको छ ।
  •     राज्यले विकासका आधार र प्राथमिकतालाई निर्धारण गर्न सकेको छैन ।

    स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेकोे आवश्यकता भएकोले यसका मुख्य आधारहरु पहिचान गर्न आवश्यक छन्

प्रदेश नं. ५ को आर्थिक समृद्धिका मुख्य आधारहरु भनेको कृषि, पर्यटन र पाकृतिक संपदाहरुको उचित व्यवस्थापन हो ।

विकास के हो ?
यस प्रदेशमा रहेका साधनश्रोतहरुको समुचित रुपमा परिचालन गरी जनताको समग्र जीवन स्तरलाई क्रमशः माथि उठाउदै लैजानु नै विकास हो। 

आधार के हो ?
कुनै पनि भवन निर्माणको जग वा कुनै पनि कामको आधारशिला हो ।

समृद्धिका सन्दर्भमा दृष्टिकोण ः 

  •     यस देशमा रहेका साधन श्रोत र जनशक्तिको उच्चतम प्रयोगवाट स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण ।
  •     आधुनिक प्रविधि, शिप, औजारहरु मार्फत विकासका क्षेत्रहरुको औधोगिकरण र व्यवशायीकरण ।
  •     तीन खम्वे अर्थ नीतिको व्यवहारमा प्रयोग ।
  •     जनताको आवश्यकता र जनसहभागितामा आधारित विकासका योजना निर्माण तथा कार्यान्वयन  ।
  •     बिकास र प्रतिफलमा पिछडिएका क्षेत्र र पछि परेका समुदायलाई प्राथमिकता
  •     विश्व वातावरण संरक्षणका लागि वाताबरण संरक्षण र हरियाली निर्माणमा प्राथमिकता ।
  •     योजनाबद्ध रुपमा कार्य संचालन ।

१. कृषि क्षेत्र विकासको अवधारणा

  •     परंपरागत कृषि उत्पादन प्रणालीलाई आधुनिक कृषि उत्पादन प्रणालीवाट विस्तापित गर्ने । 
  •     मूलतः कृषि उत्पादनमा सरकार, नीजि क्षेत्र र सहकारी तथा सामुहिक कृषि उत्पादन समुह संहभागी रहने । 
  •     कृषि उत्पादनलाई सामुहिक तथा सहकारी माध्यमवाट कृषिको औधोगिकरण र व्यावशायिकरणमा पहल ।
  •     कृषि विकासका लागि आवश्यक भौतिक पूर्वाधारहरुको समुचति रुपमा। ( सिचाई, मल, बिउ, आधुनिक प्रविधि र दक्ष प्राविधिक ) विकास ।
  •     यस प्रदेशलाई पहिलो चरणमा कृषिमा आत्मनिर्भर  र दोस्रो चरणमा निर्यातमूलक उत्पादनमा पहल ।

कृषिमा पहिलो चरणको कार्ययोजना ः

  •     यस प्रदेशको भूमिको उपयोग नीति संपादन तथा कार्यान्वयन गर्ने ।
  •     संपूर्ण खेती योग्य कृषि भूमिको माटो परिक्षण गर्ने ।
  •     माटो परिक्षणका आधारमा कृषि खेतीका लागि पकेट, व्लक, जोन तथा सुपरजोनको निर्धारण गर्ने ।
  •     कृषि उत्पादन बृद्धिका लागि आवश्यक उन्नत बिउ, मल, औषधी आधुनिक औजार तथा मेसिनहरु र दक्ष प्राविधिकहरुको व्यवस्था गर्ने । 
  •     हाल आयत भईरहेका कृषि उत्पादनलाई पहिलो प्राथमिकताका साथमा उत्पादन गर्ने।
  •     कृषि उत्पादनका लागि कृषकलाई आवश्यकता बमोजिम तालिम व्यवस्था गर्ने ।
  •     कृषि उत्पादनको नियमित रुपमा निरिक्षण तथा मुल्याकन प्रणालीको व्यवस्था गर्ने ।
  •     नमुना कृषि उत्पादक किसान तथा क्षेत्रहरुको छनौट गरी पुरस्कृत गर्दै उक्त क्षेत्रलाई कृषि पर्यटन क्षेत्रका रुपमा बिकास गर्ने । कृषि पर्यटनका लागि भौतिक पूर्वाधार तयार गर्ने ।
  •     उत्पादन क्षेत्रमा आवश्यकता अनुसारका कृषि उपज संकलन केन्द्रको व्यवस्था गर्ने ।
  •     कृषि उत्पादनका होलसेल तथा खुद्रा बजारको व्यवस्था गर्ने ।
  •     उपभोक्तालाई सर्वसुलभ तरिकावाट कृषि उत्पादन खरिद गर्न सक्ने गरी बजार तथा घुम्ती पसलहरुको व्यवस्था गर्ने ।
  •     कृषिका उत्पादित बस्तुहरुको प्रशोधन तथा कृषिमा आधारित उधोगहरुको बिकासका लागि योजना बनाउने ।

कृषिमा दोस्रो चरणको कार्ययोजना ः 

  •     बिदेश निर्यात गर्न सकिने कृषि उपजहरुको बजार सर्भे गर्ने ।
  •     निर्यात मूलक कृषि उपजहरुको छनोट गरी कृषि उत्पादनको तयारी गर्ने ।
  •     निर्यातका लागि आवश्यक मापदण्ड तथा गुणस्तर कायम गर्ने ।
  •     पकृया पुरा गरी कृषि उपजको निर्यात गर्ने ।।

२. पर्यटन क्षेत्र विकासको अवधारणा

  •     यस प्रदेशमा रहेका पर्यटकीय स्थलहरु र थप आवश्यक पर्यटकीय क्षेत्रहरुको आधुनिक र सुविधा सम्पन्न रुपमा बिकास गर्ने ।
  •     प्रत्येक राजनीतिक इकाइले कम्तिमा एउटा पर्यटन क्षेत्रको निर्माण तथा बिकास गर्ने 
  •     आफ्रनो बजेटको ठूलो रकम केही समयका लागि पर्यटन क्षेत्रमा बिनियोजन गर्ने । 
  •     हरेक क्षेत्रको कामलाई पर्यटन मैत्री बनाउन पहल गर्ने ।
  •     पर्यटन क्षेत्रलाई शैक्षिक पर्यटनको रुपमा पनि विकास गर्ने । 
  •     हरेक पर्यटकीय स्थलहरुमा प्राथमिकताका साथमा बाटो, बिजुली र पानीको व्यवस्था सरकारवाट गर्ने ।
  •     नेपालको स्वाधिन अर्थतन्त्र निर्माणको पहिलो मूल आधार यस क्षेत्रलाई बनाउने ।

 

२. पर्यटन क्षेत्र विकासका कार्ययोजना 

  • यस प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको पहिचान गर्ने ।   

भएका पर्यटकीय क्षेत्रहरुको बर्गीकरण गर्ने । 
    महत्वका हिसावले ः
    अन्तराष्टिय स्तर, राष्टिय स्तर, प्रादेशिक स्तर र स्थानीय स्तर 
    बिचारका हिसावले ः

  •     धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, शैक्षिक, साँस्कृतिक तथा समाजशास्त्रीय 
  •     संभव भएका क्षेत्रमा आवश्यक स्थानमा पर्यटकीय स्थलहरुको निर्माण गर्ने ।
  •     प्रदेशको पर्यटन सम्वन्धि गुरुयोजना तय गर्ने र गुरुयोजना बमोजिम पर्यटन क्षेत्र बिकासको काममा तिव्र गतिका साथमा कार्यान्वयन गर्ने ।
  •     प्रदेशले अन्तराष्टिय तथा राष्ट्रीय महत्वका क्षेत्रलाई क्रमशः बर्षेनी ठूलो परियोजना ःभनब एचयवभअत) का रुपमा बिकास गर्ने ।
  •     पुरातात्विक महत्वका क्षेत्रलाई छिटो भन्दा छिटो पहिचानका लागि पुरातात्विक बिभागको सहयोग लिने । 
  •     पर्यटन एउटा सामुहिक उधोग भएका कारण विभिन्न किसिमका यातायातका साधनहरु, टभल एजेन्सीहरु, संचार, होटल तथा रेष्टुरेण्ट, पसलहरु, साँस्कृतिक संघ संस्थाहरु, वितिय सस्थाहरु लगायतका क्षेत्रमा सरकारले समन्वयात्मक भूमिका खेल्ने ।
  •     ठूला योजनाको लागि बैदेसिक सहयोग तथा लगानीलाई प्रोत्सहन गर्ने ।
  •     पर्यटनको प्रचारको लागि काठमाण्डौ तथा अन्तराष्टिय बिमान स्थलहरुमा नेपालका मूख्य पर्यटक स्थलहरुको सूचना बोर्डहरु राख्ने र प्रत्येक शहरमा त्यस शहर र आसपासका पर्यटकीय स्थलहरुको बारेमा प्रचार बोर्ड राख्ने ।
  •     अन्तराष्ट्रिय र राष्ट्रीय स्तरका पर्यटकीय स्थलहरुलाई प्रत्येक शहरहरुमा दुरी तथा दिशा खुल्ने गरी वोर्डहरु राख्ने ।
  •     पर्यटकीय स्थलहरुमा माग्ने सस्कृतिको अन्त्य गरी व्यवशायिक सस्कृतिको बिकास गर्ने ।
  •     राज्यले पहिचान गरेका पर्यटकीय स्थलहरुमा बाटो, बिजुली र पानीको अनिवार्य व्यवस्था गर्ने ।

३. प्राकृतिक संपदा विकासको अवधारणा
  ( नदी तथा जल,बन जंगल, जडीबुटी, खनिज तथा पेटेलियम पदार्थ लगायत)

  •     प्राकृतिक संपदा विकास केन्द्रको स्थापना आवश्यक छ ।
  •     संपूर्ण प्राकृतिक संपदाहरुको अध्ययन, अनुसन्धान र पहिचान गर्दै यी संपदाको विकासको लागि विस्तृत कार्ययोजना बनाउनु पर्दछ ।
  •     प्राकृतिक संपदा भएका स्थानहरुमा राज्यको नियन्त्रण सहित विकास योजना संचालन गरिनु पर्दछ ।
  •     प्राकृतिक संपदामा स्थानीय जनताको सहभागीताकाृ ग्यारेण्टी गरिनु पर्दछ ।
  •     यी प्राकृतिक संपदामा आधारित उधोग तथा व्यवशाय संचालन गर्ने बाताबरण बनाउनु पर्दछ ।

४. शिक्षाको विकास

  •     कुनै पनि क्षेत्रको बिकासको आधारशिला भनेको शिक्षा क्षेत्र हो । दक्ष तथा शिक्षित जनशक्ति विना देशले तीव्र गतिमा अगाडी बढन सक्दैन ।
  •     अहिले हामीले उत्पादन गरेको शैक्षिक जनशक्ति सीपयूक्त छैन र यसले शैक्षिक बेराजगार उत्पादन गरेकोछ ।
  •     १२ कक्षासम्म हरेक बिधार्थीले एउटा विषयमा रुचि अनुसार अनिवार्य प्राविधिक विषय पढनु अनिवार्य बनाउनु पर्दछ ।
  •     यस प्रदेशमा जीवराज आश्रित प्राविधिक विश्व बिधालयको स्थापना गरिनु पर्दछ ।
  •     उच्च शिक्षामा चाख राख्नेले मात्र उच्च शिक्षा अध्ययन गर्ने परिपाटीको विकास गरिनु पर्दछ । 
  •     हामीले यस प्रदेशको समृद्धिको अभियान संचालनका लागि कृषि, पर्यटन र प्राकृतिक संपदाको क्षेत्रमा आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षालाई उच्च प्राथमिकता दिई शिक्षाको योजना बनाउनु पर्दछ । यसो गर्न सकियो भने मात्र हामीले सुखि जनता र समृद्ध प्रदेशको नारालाई व्यवहारमा सार्थक बनाउन सक्नेछौ ।

धन्यवाद ।
२०७५ जेष्ठ ३ बुटवल । (जीवराज आश्रित प्रतिष्ठानमा आयोजित अन्तरसंवाद कार्यक्रममा प्रस्तुत अवधारणापत्र ) 

  •     पहिचान

प्राप्त प्रतिकृयाहरू

To Top