फिफा वल्र्डकप २०१८: फ्रान्सको टिम घोषणा 

खेल जेठ ४ २०७५ ekhabarnepal
France world cup squad

काठमाडौँ जेठ ४,
आगामी जुन १४ तारिखदेखि सुरु हुने फिफा वल्र्डकप २०१८ का लागि फ्रान्सले आफ्नो टिम घोषण गरेको छ । फ्रान्स विश्वकपका लागि अस्ट्रेलिया, पेरु र डेनमार्कसहित समूह सी मा रहेको छ ।विश्वकप उपाधीको दाबेदार मानिएको फ्रान्सको २३ सदस्यीय टिममा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सल र आर्सनलका एलेक्सान्ड्र लाकाजेटी परेका छैनन् । यस्तै चोटग्रस्त रहेका मार्सेइलीका मिडफिल्डर दिमित्री पेयट पनि टिममा परेका छैनन् ।

तर एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान र म्यानचेस्टर युनाइटेडका पउल पोग्बाले टिमलाई बलियो देखाएका छन् ।दुई वर्षअघि भएको युरोकपमा फाइनलमा पोर्चुगलसँग पराजित भएको फ्रान्सका लागि यो विश्वकप त्यहाँ लिन नसकेको तर त्यो भन्दा ठूलो सफलता लिने मौका बन्न सक्छ ।

फ्रान्सको टिममा को को परे ?

गोलरक्षक – ह्युगो लोरिस, स्टिभ म्यानडान्डा, एल्फोन्से एरिओला

डिफेन्डर – लुकास हर्नान्डेज, परिस्नल किमपेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पावार्ड, अदिल रामी, डिजिब्रिल सिडिबे, सामुएल उमटिटि, राफाएल भारेना

मिडफिल्डर – एन गोलो कान्टे, ब्लाइसी माटुइडी, स्टिभन एन जोन्जी, पउल पोग्बा, बारिन्टिन तोलिसो

फरवार्डस् – उसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरउड, एन्टोनी ग्रिजम्यान, थोमस लेमार, केलियन एमबाप्पे, फ्लोरिएक थाउविन

प्राप्त प्रतिकृयाहरू

To Top