टेम्पो चलाएको होइन, जेटमा दुर्इ पाइलट हुन्छन्: ओली

बिचार जेठ ४ २०७५ ekhabarnepal
Kp oli 2 5f84arlvfp

 

 काठमाडौं जेठ ३

 प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने ठोकुवा गर्नुभएको छ । नेपा कम्युनिष्ट पार्टी घोषणा सभामा बोल्दै अध्यक्ष ओलीले दुई तिहाई बहुमत कम्युनिष्टहरुले यसअघि नै ल्यासकेकाले अबको निर्वाचनमा तीन चौथाई ल्याउने ठोकुवा गर्नुभयो ।

उहँँले भन्नुभयो, कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ सामान्य जोडघटाउ मात्रै हो । आउदो चुनाव दुई तिहाइको कुरा होइन कम्तीमा तीन चौथाई मत ल्याउँछ ’ । ६ महिनाअघि पार्टी एकताको कुरा गर्दा धेरैले ठट्टाको रुपमा लिएको बताउँदै ओलीले कतिपयलाई यो ठट्टा लाग्न सक्छ, छ महिनाअघि ककसलाई के के कुरा ठट्टा लाग्थ्यो विचार गर्नुस् त ? ओलीले त्यसो भनाई राखीरहँदा हलमा तालीको वर्षा लागेको थियो ।

 
प्रधानमन्त्री  ओलीले नेपाल कम्युनिष्ट पार्टी टेम्पो नभएर जेट विमान भएको संज्ञा दिएका छन्।


नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभालाइ सम्बाेधन गर्दै अाेलीले भने, 'दुइ अध्यक्ष भए याे के गरेकाे भन्ने केही साथीहरूलाइ लागिरहेकाे हाेला। याे टेम्पाे हाेइन नि। जेट विमानका २ पाइलट हुन्छन्', उनले भने।

पुष्पकमल दाहाल र अाफूले छलफल गरि गरि पार्टी एकताको निर्णयसम्म पुगेको उनले सुनाए। 

विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठन भएकाे पार्टीलाइ नै अाफूहरूले ब्युँताएकाे उनकाे भनाइ थियाे। 

ओलीले पार्टीका लागि तल्लो तहमा काम गर्ने सबैका कारण पार्टी एकीकरण सम्भव भएको बताए। ‘ड्राइभर त सिटमा बसेको हुन्छ। गुड्ने त चक्का हो’, कार्यकर्तालाई संकेत गर्दै उनले भने, ‘पार्टीको सबै तहले यसले पसिना बगाएर काम गरेका छन्। औचित्य, आवश्यकता हेरेरै पार्टी एकता गरिएको हो।’

एकीकृत पार्टीलाई हिन्द महासागरको संज्ञा दिँदै उनले अब पुराना पार्टी कहीँ पनि नभेटिने उल्लेख गरे। ‘हिन्द महासागरमा कोशीको पानी कहाँनेर छ भनेर कहाँ भेटिन्छ?’

करिब ७० वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक (नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए। आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top