कुँवरवर्ती प्लाष्टिकमुक्त विद्यालय घोषणा 

स्वास्थ्य जेठ २ २०७५ ekhabarnepal
K %281%29


तिलोत्तमा, जेठ १ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ प्रदीपनगर स्थित कुँवरवर्ती इंलिस बोर्डिङ स्कूललाई प्लाष्टिकमुक्त घोषणा गरिएको छ । मंगलबार जुनियर रेडक्रस सर्कलले आयोजना गरेको कार्यक्रममा विद्यालयका प्राचार्य दीपक खनालले स्कूललाई प्लाष्टिकमुक्त घोषणा गर्नुभएको हो ।
तिलोत्तमा नगरपालिकाले सुरु गरेको अभियानलाई साथ दिँदै विद्यालयलाई प्लाष्टिकमुक्त घोषणा गरिएको प्राचार्य खनालले बताउनुभयो । तिलोत्तमा नगरपालिकाले वैशाख १ गतेदेखि प्लाष्टिक झोला, गिलास, प्लेट निषेधित अभियान सञ्चालन गरिरहेको छ । 
विद्यालयका प्राचार्य खनालले अब विद्यालय हाताभित्र प्लाष्टिकको प्रयोग नगरिने बताउनुभयो । त्यसअवसरमा प्राचार्य खनालले विद्यालयमा जङ्कफुड समेत प्रतिबन्ध लगाइएको जानकारी गराउनु भएको छ । 
कार्यक्रममा प्लाष्टिकको बेफाईदाका बारेमा विद्यार्थीलाई जानकारी गराउँदै घरमा समेत प्लाष्टिकका झोला प्रयोग नगर्न सुझाइएको सह–प्राचार्य भोजराज वोस्तीले जानकारी दिनुभयो । त्यसअवसरमा विद्यार्थी, शिक्षक, कर्मचारीलगायत सबैलाई प्लाष्टिकको झोलाको विकल्पमा जुट, अल्लोको झोला वा वैकल्पिक सामानको प्रयोग गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । 
कार्यक्रममा विद्यालयका अर्का सहप्राचार्य चन्द्र अधिकारीले प्लाष्टिकको मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने बताउनुभयो । विद्यालयका प्राचार्य दीपक खनालको अध्यक्षता र सुशिल घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक गोपाल पिसीलगायतले बोल्नुभएको थियो ।  

प्राप्त प्रतिकृयाहरू

To Top