भारतको कर्नाटकमा भाजपाको अग्रता: कांग्रेस सत्ताबाट हट्ने संकेत 

विश्व जेठ १ २०७५ ekhabarnepal
101567707 untitleddesign

 काठमाडौं  जेठ १ , 
भारतको कर्नाटकको विधानसभा चुनावको प्रारम्भिक रुझानले भारतीय जनता पार्टीलाई उत्साहित बनाएको छ । कांग्रेस भने सत्ताबाट हट्ने संकेत देखिन्छ ।
विधानसभामा बहुमतका लागि ११२ सिट चाहिने कर्नाटकको चुनावमा अहिले भाजपाले ११५ सिटमा अग्रता लिइरहेको छ । जबकी २०१३ मा उसले मात्र ४० सिट जितेको थियो । कांग्रेसले ६४ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा उसले १२२ सिट जितेको थियो ।
जेडी ९एस०ले ४० सिटमा अग्रता लिएको छ । उसले २०१३ मा पनि ४० सिट नै जितेको थियो । अघिल्लो चुनावका तुलनामा धेरै सिट गुमाउनेमा अन्य दलहरु छन् । गत चुनावमा उनीहरुको २२ सिट थियो, यो पटक मात्र ३ सिटमा अग्रता छ ।

प्राप्त प्रतिकृयाहरू

To Top