'पाथीभरा’को महत्व गीतबाट बुझ्नुहोस्

मनोरञ्जन जेठ १ २०७५ ekhabarnepal
Pathibhara mata

गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईे पुर्वको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभराबारे गीत एवं भिडियो ल्याएका छन् ।हाल अमेरिकामा रहेका गायक भुवनको यो पछिल्लो पुर्वेली लोकलय बोकेको ‘पाथीभरा’ बोलको गीतले पाथीभरा देवीको प्रवद्र्धनमात्र नभएर त्यहाँको पर्यटकीय क्षेत्रको प्रचारमा समेत सहयोग गरेको छ । गीतले पाथीभरा घुम्न जान प्रेरित गर्छ । ताप्लेजुङको उच्च पहाडी इलाकामा रहेको ‘पाथीभरा देवीको दर्शन गर्दा मनले चिताएको पुग्छ’ भन्ने जनविश्वास छ । त्यस्तैले भुवनले गीतमार्फत पाथीभरा दर्शन गर्न जाँदा मनमा हुने एक किसिमको उत्साह र  गरिमालाई दर्साएका छन् । 

भुवनकै शब्द तथा संगीत रहेको यस गीतको भिडियोको छायांकन पाथीभरातिरै गरिएको छ । त्यसैले उक्त गीत तथा भिडियो हेरिसकेपछि जो–कोहीलाई एकपटक पाथीभरा दर्शन गर्नका लागि उत्साहट गर्छ । प्राय गीतसंगीतमा पृथकता पस्कँदै आएका भुवनले ‘पाथीभरा’ गीतमा पनि आफ्नो पहिचान जोडेका छन् । उनले यस गीतमार्फत पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवद्र्धन गरेका छन् । यसअघि उनले यस्तै पूर्वको पर्यटकीय तथा रमणीय बजार भेडेटारको प्रर्वद्धात्मक गीत तथा भिडियो ल्याएका थिए । 
‘पीथीभरा’ बोलको यस गीत रिजिल गरेपछि गाकय भुवनले भने, ‘यस गीतले पुर्वको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पु¥याउने छ भन्ने मेरो विश्वास छ ।’ एकल पाँचौ एल्बम एवं थुपै्र चलचित्र गीत र कलेक्शन एल्बमहरु ल्याएर संगीत क्षेत्रमा श्रोता तथा दर्शकको माया बटुल्दै आएका भुवन पछिल्लो केही महिनायता अमेरिकामा छन् । तर, त्यहाँ रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिइरहने उनले बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top