मोदीको मन्दिर दर्शनयात्रा प्रति आरोप

विश्व जेठ १ २०७५ ekhabarnepal
Modi

काठमाडौं बैशाख १,
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले दक्षिण राज्य कर्नाटकमा एकलौटी सरकार गठन गर्ने भएको छ । कर्नाटकको निर्वाचनको दिन प्रधानमन्त्री मोदी नेपालको तिर्थयात्रामा थिए । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले कर्नाटकको हिन्दु मत प्रभावित पार्न मोदीले मन्दिरको दर्शनयात्रा गरेको आरोप लगाएको थियो । 

अहिलेसम्मको नतिजा अनुसार, २२४ सिट भएको विधानसभामा भाजपा ११२ सिटमा अगाडि छ । भारतीय राष्ट्रिय कंग्रेस ६७ र जनता दल (सेकुलर) ४० सिटमा अघि छन् । यो परिणाम कायम रहँदा भाजपा एक्लैले सरकार गठन गर्नेछ ।

यो परिणामसँगै सबैभन्दा पुरानो भारतीय कंग्रेस तीन प्रान्तमा मात्र सिमिति हुनेछ । पन्जाब, मिजोरम र पुडुचेरीमा खुम्चिनेछ । 

प्राप्त प्रतिकृयाहरू

To Top