पूर्व खेलाडी मणि शाहको निधन

खेल जेठ १ २०७५ ekhabarnepal
1766351471madi bikram shah %283%29


काठमाडौं जेठ १, 
सोमबार साँझ निधन भएका नेपाली म्याराडोना उपनामले चिनिने पूर्व खेलाडी मणि शाहको दशरथ रंगशालामा अन्तिम बिदाइ गरिएको छ । शाहलाई श्रद्धाञ्जली व्यक्त गर्न खलकुदमात्र नभएर अन्य क्षेत्रका व्यक्तिहरु तथा खेलप्रेमीहरु रंगशाला पुगेका थिए । 

लामो समयदेखि कलेजोको समस्याका कारण विरामी थिए । आइतबार साँझ नर्भिक अस्पताल भर्ना भएका ५१ वर्षीय मणि भेन्डिलेटर कक्षमा उपचारत थिए । उनी नेपाली फुटबलमा चर्चित मिड्फिल्डर र फर्वाड थिए । नेपाललाई ऐतिहासिक सफलता समेत दिलाएका मणि सफल फुटबल खेलाडीसमेत हुन् । सन् १९९३ मा बंगलादेशको ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले स्वर्ण जित्दा मणिको योगदान अतुलनीय थियो ।

 फाइनल खेलको अन्तिम समयमा भारतविरुद्ध गोल गर्दै खेल पेनाल्टीमा पुर्याएका थिए । पेनाल्टीमा उत्कृष्ट गोल गर्दै मणिले नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top