राष्ट्रिय हित र प्राथमितालाई केन्द्रमा राखेर बजेट, उपमहासचिव पौडेल

राजनीति बैशाख ३० २०७५ ekhabarnepal
Bishnu paudel

 
काठमाडौं, वैशाख ३०
 पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रचलित बजेट भन्दापनि नयाँ संकल्प र आत्मविश्वास साथ सरकारले बजेट ल्याउने बताएका छन् । बजेटका सिद्धान्त र प्राथमिकता (प्रिबजेट) माथि आइतवार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै पौडेलले राष्ट्रिय हित र प्राथमितालाई केन्द्रमा राखेर बजेट आउनु पर्ने बताएका हुन् । 

‘संसदमा पेश भएको बजेटका सिद्धान्तले ठीक गन्तव्य पैल्याएको छ, विकास, समृद्धि र सामाजिक न्यायलाई सुनिश्चित गर्ने गरी बजेट आउनु पर्छ’ पौडेलले भने, ‘सिद्धान्त र प्राथकिता सही, समायोचित र उचित छन् । स्रोत साधनको अधिकतम परिचालन गरेर समृद्धि तर्फ अगाडि बढ्नु पर्छ ।’

पौडेलले राष्ट्रिय हित र प्राथमिकतालाई केन्द्रमा राखेर पूजी र प्रविधि भित्राउनु पर्ने बताए । उनले विकास प्रयासमा तीनवटा समस्या रहेको औल्याए ।

‘कुनैपनि आयोजना निर्धारित समयमा पूरा हुदैनन्, गुणस्तरिय हुदैनन् र प्रक्षेपित लागतमा पूरा हुन सक्दैनन्’ पौडेलले भने, ‘हामीले निर्धारित समयमा अपेक्षित  गुणतर र प्रक्षेपित बजेट अनुसारको काम सम्पन्न गर्नेगरी संरचनात्मक व्यबस्थापनमा  जोड दिनुपर्छ ।’

पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रश्नमा सरकार शून्य सहनशीलताका साथ अगाडी बढ्नु पर्ने बताए ।  
 

प्राप्त प्रतिकृयाहरू

To Top