आईपीलमा सन्दीपको डेब्यु, बेंग्लोरविरुद्ध दिल्लीको टोलीमा

खेल बैशाख २९ २०७५ ekhabarnepal
1663276640sandip ll


  
काठमाडौं,बैशाख २९  । नेपाली राष्ट्रिय टोलीका बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा डेब्यु गरेका छन् । दिल्ली डेयरडेभिल्समा रहेका सन्दीपले रोयल्स च्यालेन्जर्स बेंगलोरविरुद्ध खेल्दै आईपीएल क्रिकेटमा डेब्यु गरेका हुन् ।

लेग स्पिनर सन्दीप आईपीएल टोलीमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । तर, सन्दीपले १२ औं खेलमा आएर दिल्लीको टोलीबाट डेब्यु गर्न पाएका हुन् । दिल्लीको प्ले अफ सम्भावना सकिएपछि सन्दीपले मौका पाएका हुन् । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नै सन्दीपको चर्चा गरेका थिए ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट स्टेडियममा हुने खेलमा बैंग्लोरले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

प्रतियोगिताबाट बाहिरिसकेको दिल्लीले ११ खेलबाट मात्र ६ अंक जोडेको छ । पुछारमा रहेको दिल्लीले ११ खेलमा ८ हार र ३ जित निकालेको छ । ६ अंक जोडेको बेंगलोर आईपीलमा सन्दिप लामिछानेको डेब्यु, बेंग्लोरविरुद्ध दिल्लीको टोलीमा   सातौं स्थानमा छ ।

प्राप्त प्रतिकृयाहरू

To Top