युट्युबमा भाइरल भएका अशोक दर्जिको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ सार्वजनिक (भिडियो सहित )

मनोरञ्जन बैशाख २९ २०७५ ekhabarnepal
Ashok

पछिल्लो समय नेपालको युट्युब ट्रेन्डिङ शीर्षस्थान देखि विभिन्न स्थानमा भाइरल भएका अशोक दर्जिको बुधबार राजधानीमा एक कार्यक्रमको बिच उनको स्वर रहेको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अशोक दर्जिको उपस्थितिमा काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । बि राज नेपालको शब्द रहेको गीतमा संगीत टंक बुढाथोकीको रहेको छ ।
अशोक सगै गीतमा टंक बुढाथोकीको पनि स्वर रहेको छ । अशोक दर्जिले गएका गीतहरु यूट्यूवमा भाइरल भए पछि गायक तथा संगीतकार टंक बुढाथोकी काठमाडौं ल्याएर दर्जीको गीत रेकर्ड गराएका थिए । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत मेलोडियस छ । म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top