आईपीएल: चेन्नाई सुपर किंग्स ४ विकेटले पराजित  

खेल बैशाख २९ २०७५ ekhabarnepal
Fgh

बैशाख २९ ,
इण्डियन प्रिमियर लिग (आईपीएल)को ४३ औं म्याचमा जोस बट्लर चम्किएपछि राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ४ विकेटले हराएको छ ।

१७७ रनको लक्ष्य राजस्थानले अन्तिम एक बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो ।

यो जितमा जोस बटलरले ११ चौका र दुई छक्काको मद्दतमा नटआउट ९५ रन बनाए । उनी प्लेयर अफ दि म्याच पनि भए ।

आईपीएलको जारी सिजनमा बटलरको यो लगातार चौथो अर्धशतक हो । यसमा उनले विराट कोहलीसँग बराबरी गरे ।

यी दुई भन्दा अगाडि विरेन्द्र सेहवाग छन् । उनले २०१२ मा लगातार पाँच अर्धशतक बनाएका थिए ।

यसअघि पहिले व्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

उसका लागि सुरेश रैनाले ५२ रन बनाए । शेन वाटसनले ३९, कप्तान महेन्द्र सिंह धोनीले ३३ र साम विलिङ्सले २७ रन जोडे । बलिङतर्फ जोफ्रा आर्चरले २ विकेट लिए ।

प्राप्त प्रतिकृयाहरू

To Top