ओली र मोदीद्वारा स्विच थिचेर अरुण तेस्रोको संयुक्त शिलान्यास

अर्थ बैशाख २९ २०७५ ekhabarnepal
Oli modi arun tesro

 


काठमाडौं,बैशाख २८ 
प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा अरुण तेस्रोको स्वीच थिचेर शुक्रबार द्वारिकाज होटलमा शिलान्यास गरेका छन्। राति पौने दश बजे अरुण तेस्रोको दुई प्रधानमन्त्रीले संयुक्त शिलान्यास गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले ‘गार्ड अफ अनर’ लिएर उपराष्ट्रपति र राष्ट्रपतिसँग भेट गरेपछि र द्धारिका होटलमा प्रधानमन्त्री ओलीसँग एक्लै र डेलिगेसन स्तरमा दुइपक्षीय छलफलमा सहभागि भएपछि मात्रै समकक्षीसँगै संयुक्तरुपमा स्वीच थिचेर अरुण तेस्रोको शिलान्यास गरेका हुन्।

द्धारिका होटलको शिलान्यास कार्यक्रमलाई अरुण तेस्रोको निर्माणस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको फयाक्सिन्दासम्म भिडियो मार्फत जोडिएको छ।

भारतीय लगानीमा निर्माण अघि बढेका ठूला आयोजनामध्येको एक अरुण तेस्रो परियोजना पनि एक हो । यस आयोजनाको ६ प्रतिशत सेयर स्थानीयले पाउने भएका छन् ।

सन् २०१४ मा पीडीए भएपछि संखुवासभा जिल्लामा बन्ने अरुण तेस्रो जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगमलाई नेपाल सरकारले निर्माण सम्झौतागरि जिम्मा लगाएको थियो।


नेपाल सरकारको निर्णय अनुसार सतलजले १ खर्ब ४ अर्ब रुपैयाँ लगानीगरि अरुण तेस्रोबाट ९ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष राखेको छ भने आयोजना २५ वर्षपछि मात्रै नेपाल सरकारको पूर्ण स्वमित्वमा हुने सम्झौतमा उल्लेख गरिएको छ।

२५ वर्षसम्म भारतले नेपाललाई १ सय ९७ मेगावाट विद्युत् दिँदै अरु विद्युत् आफै लैजानेसमेत सहमति भएको छ। १ सय ९७ मेगावाट दिएबापत नेपाल सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँका दरले एकमुष्ट ४ अर्ब ५० करोड रुपैयाँ भारतीय कम्पनीलाई दिनुपर्ने भएको हो।

 भारतीय कम्पनीलाई १० वर्षसम्म शतप्रतिशत आयकर छुट नेपाल सरकारले दिनेछ। त्यसपछिको पाँच वर्षसम्म नेपाल सरकारले ५० प्रतिशत आयकर छुट भारतीय कम्पनीलाई दिनुपर्ने भएको हो।

आयोजना बनाउनका लागि आयात गरिने सम्पूर्ण सामाग्रीमा समेत ५० प्रतिशत भन्सार छुट नेपालले भारतीय कम्पनीलाई दिनुपर्ने सम्झौतामा भएको छ। भारतीय कम्पनीलाई नेपालले क्षतिपूर्ति दिनुपर्ने प्रावधान पनि पीडीएमा उल्लेख छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top