सवृद्ध नेपाल निर्माणका लागि पर्यटन विकास

बिचार बैशाख २७ २०७५ ekhabarnepal
Bal bhd acharya


बलबहादुर आचार्य,
राजनीतिक आन्दोलनको समाप्तिसंगै नेपाल आर्थिक समृद्धिको आन्दोलनमा तीव्र गतिमा अगाडी बढने अवस्थामा रहेकोछ । यतिवेला हाम्रो देशका सवै राजनीति दलहरु र सवै क्षेत्रका समुदायहरु नेपालको आर्थिक समृद्धिका बारेमा व्यापक रुपमा बहश, छलफल, भेला, गोष्ठीमा सहभागी भैरहेका छन । विस्तारै यो बहसले एउटा संस्कृतिको रुप धारण गर्दै गइरहेको पनि छ । हामीले देशको आर्थिक समृद्धिको चर्चा गरीरहेको बेला नेपालको आत्मनिर्भर अर्थतन्त्र निर्माणको मूल आधारस्तम्भ र प्राथमिकता के हो भन्ने बारेमा राष्ट्रिय सहमति बनाउनु आवश्यक देखिन्छ । यदि यसो हुन सकेको खण्डमा नेपालमा जुनसुकै पार्टीको सरकार बने पनि यसको बजेट निर्माण र योजना कार्यान्वयनमा एक रुपता आउनाले देशले आर्थिक सफलता हासिल गर्ने कार्यमा सहयोग पुग्ने थियो । मेरो विचारमा नेपालको स्वाधिन अर्थतन्त्र निर्माण गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन र प्राकृतिक संपदाहरुको उचित व्यवस्थापन नै हो । यस बारेमा सरकारले राष्ट्रिय सहमति कायम गर्दै हाम्रा विकासका कार्ययोजना बनाउदै बजेट निर्माण गर्नुर्पदछ । हाम्रो देशको कृषिको निर्वाहमूखि उत्पादन प्रणालीलाई आधुनिक तथा व्यवशायिक उत्पादन प्रणालीमा रुपान्तरण गर्ने, अपार प्राकृतिक संपादाहरुको अनुसन्धान गर्दे यस क्षेत्रलाई औधोगिकरण र व्यवशायिकरण गर्ने र नेपालको सुन्दर प्राकृतिक संपदा, धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु एवं यस देशको सस्कृतिक विविधताहरुलाई पर्यटन उधोग तथा व्यवशायको रुपमा व्यवस्थित रुपमा संचालन गर्ने हो भने नेपालको आर्थिक समृद्धिले शिखरमा पुग्न धेरै समय लाग्ने छैन । यी सवै कार्यको लागि नेपालका सवै सरकारहरु एकिकृत योजनाका साथमा लाग्न आवश्यक छन् ।
 नेपालको पर्यटन व्यवशायलाई व्यवस्थित र योजनाबद्ध रुपमा संचालन गर्ने हो भने यो क्षेत्र नेपालको आर्थिक समृद्धिको लागि मेरुदण्ड नै हुन सक्दछ भन्दा अत्युक्ति नहोला । किनभने नेपालको भौगोलिक तथा भौगर्भिक विविधता र प्राकृतिक तथा साँस्कृतिक विविधता पर्यटन व्यवशायका लागि बरदानको रुपमा रहेका छन । पर्यटनका लागि नेपालमा रहेको यस्तो अनुकलतालाई हामीले योजनाबद्ध रुपमा संचालन गरेरमात्र हामीले हाम्रो राष्ट्रको समृद्धिमा टेवा पुर्याउन सक्नेछौ । तसर्थ अव हामीले हाम्रा क्षेत्रहरुमा रहेका सवै पर्यटकीय गन्त्यव्यहरुको संभावनाको अध्ययन तथा अनुुन्धान गर्दै हामीले हाम्रो समाजलाई अगाडी बढाउन काँहा र कसरी लाग्न सकिन्छ भन्ने वारेमा आआफनो ठाउँवाट लाग्नु नै यस बेला सचेत नेपालीहरुको कर्तव्य हो । 
नेपाल पर्यटन बिकासको एउटा उर्वर भूमि हो । यस देशमा रहेका हरेक स्थानहरु पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । हामीले यस देशमा रहेका पर्यटकीय स्थलहरुको समग्र रुपमा पहिचान गर्ने र उक्त पहिचान भएका पर्यटकीय स्थलहरुलाई पर्यटकीय महत्वका दृष्टिकोणवाट अन्तराष्ट्रिय, राष्ट्रिय, प्रादेशीक तथा स्थानीय पर्यटकीय स्थलका रुपमा बर्गीकरण गर्नु पर्दछ । अन्तराष्ट्रिय तथा राष्ट्रिय महत्वको पर्यटकीय स्थलहरुलाई केन्द्रिय सरकारले बर्षेनी एउटा प्रदेशमा एउटा ठूलो परियोजनाको रुपमा संचालन गर्ने र प्रादेशिक तथा स्थानीय महत्वका पर्यटकीय स्थलहरुलाई प्रदेश र स्थानीय सरकारहरुले ठोस कार्ययोजनाका साथमा त्यसको पूर्वाधार निर्माण र पूर्वाधार निर्माण भएको स्थानमा त्यसलाई सुन्दरीकरण तथा पर्यटनमैत्री बनाउने कार्ययोजनामा केन्द्रित हुन आवश्यकछ । 
    अहिले हाम्रो देशका विभिन्न स्थानमा रहेका कतिपय पर्यटकीय स्थलहरु महत्वका हिसावले ज्यादै महत्वपूर्ण त छन तर न त त्याहाँसम्म पुग्ने राम्रा बाटाहरु छन न त त्याहाँ पुरेर त्यसको महत्व थाहा पाउने सूचनाहरु छन् न त त्याहा बस्न,े खाने तथा रमाउने खालको व्यवस्था नै छ । यस्तो अवस्थामा रहेका यी पर्यटकीय स्थलहरुको आधारभूत पूर्वाधारको रुपमा बाटो, पानी, विजुली पुर्याउने कार्यमा हाम्रा सरकारहरु तत्काल लाग्नु पर्दछ भने त्यसलाई व्यवशायिक, रोजगारीमूखि र स्वरोजगारमूलक बनाउनको लागि उक्त स्थानको महत्व र भावी संभावना हेरी गुरुयोजना बनाउदै रमणीय पर्यटकीय गन्त्यव्यको रुपमा निर्माण गरिनु अति आवश्यकछ । 
    अहिले नेपालका पाहाडमा रहेका मानिसहरु अवशर र अध्ययनका लागि विदेशीभूमि र  तराईका शहरहरुमा तीब्र रुपमा बसाई सराई गरी रहेकाछन् ।  शहरहरुमा मानिसले केही अवशर तथा पेशा व्यवशाय गरेका कारण उनीहरुको जीवनस्तर केही माथि उठेकोछ । हाल शहरका मानिसहरु विस्तारै आन्तरिक पर्यटनमा जाने विषय सस्कृतिको रुपमा विकास हुदै गएका कारण मानिसहरु शहरका छेउछाउमा रहेका पर्यटकीय स्थल तथा सुन्दर प्राकृतिक स्थानहरुमा घुमफिर गर्ने प्रचलनको विकास हुदै गएकोछ । बुटवल शहरका तथा आसपासका मानिसहरु यसका छेउछाउमा रहेका हिल साइडहरु नुवाकोट, बसन्तपुर, केउली, सटाक खोला, झिगामार, अलकेदमार, सुकेताल लगायतका स्थानहरुमा पर्यटकीय गन्त्यव्यको रुपमा जाने प्रचलन विकास हुदै गएकोछ । तर उक्त स्थानमा जान राम्रो बाटो उक्त स्थानमा पुगे पछि चाहना गरेको मनोरंजनात्मक अवस्था छैनन् भने उक्त स्थानका जनसमुदायले समेत यसवाट प्रयाप्त फाइदा लिन सकेका छैनन् । यस कारणले गर्दा यी क्षेत्रहरु न त सुन्दर पर्यटकीय स्थलको रुपमा विकास हुन सकेका छन न त स्थानीयहरुको रोजगारी तथा स्वरोगारीको अवस्था चाहे जस्तो रुपमा विकास हुन सकेकोछ । त्यसैले स्थानीय निकायहरु र प्रदेश सरकारले यस्ता उदीयमान पर्यटकीय स्थलहरुलाई हिल स्टेशनको रुपमा विकास गर्न ती स्थानहरुमा सुन्दर पार्क, भ्यू टावर, विभिन्न सान्दर्भिक मूर्तिहरु, रेष्टुरेन्ट तथा होटलहरु विकास गर्ने गरी गुरुयोजना बनाउने कार्यमा जोड दिनु आवश्यक देखिन्छ । यस्ता स्थानहरुमा सम्वन्धित सरकारले आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिदै स्थानीय युवाहरुलाई व्यवशाय गर्न प्रेरित गर्ने गरी कार्ययोजनाहरु ल्याउनु आवश्यक देखिन्छ । 
तसर्थ हामीले हाम्रा यस खालका पर्यटकीय स्थलहरुको बारेमा गंभिरताका साथमा लाग्दै हामीले यी स्थानहरुलाई योजनाबद्ध रुपमा विकास गर्न सक्यौ भने मात्र स्थानीय जनसमुदायको जीवन स्तरको विकास हुदै देशको अर्थतन्त्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्नेछ । यसवाट हामीले बर्षेनी हजारौ युवाहरुलाई रोजगारी दिन र विदेशमा दुख कष्टका साथमा रोजगारीमा रहेका युवाहरुलाई पनि स्वदेशमै रोजगार बनाउने बाताबरण श्रृजना गर्न सक्नेछौ । 
    अव हामीले नेपालको पर्यटन क्षेत्रहरुको विकासका लागि जनसमुदाय, सम्वन्धित निकाय तथा सरकारहरुले यस क्षेत्रको विकास गर्दै नेपालको आर्थिक समृद्धिको क्षेत्रमा ठोस योगदानका साथमा  लागौ भन्ने भावनाले यहाँ नेपालको पर्यटन विकासका क्ष्ोत्रमा केही चर्चा गर्ने प्रयास गरिएको छ । 
क) पर्यटन क्षेत्र विकासको अवधारणा

  •     यस  देशमा रहेका हरेक पर्यटकीय क्षेत्रहरुलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गर्ने  
  •     यस देशका केही पर्यटकीय स्थलहरुलाई बिश्व प्रसिद्ध पर्यटकीय स्थलको रुपमा बिकास गर्ने 
  •     नेपालमा पर्यटन क्षेत्रको विशिष्टीकरण गरी कृषि, स्वास्थ्य, शिक्षा, भौगर्भिक, बोटानिकल, जुलोजिकल लगायतका पर्यटकीय पार्कहरु निर्माण गर्ने ।
  •     एक राजनीतिक इकाई एक पर्यटकीय स्थलको अभियान संचालन गर्ने ।
  •     केही समय देशको बजेटको ठूलो लागानी पर्यटन क्षेत्रको निर्माणमा गर्ने । 
  •     हरेक क्षेत्रका कार्ययोजनाहरु पर्यटन मैत्री बनाउने  ।
  •     पर्यटन क्षेत्रलाई शैक्षिक पर्यटनको रुपमा पनि विकास गर्ने । 
  •     ग्रामिण तथा कृषि क्षेत्रलाई ग्रामिण पर्यटनको रुपमा विकास गर्ने ।
  •     हरेक पर्यटकीय स्थलहरुमा सरकारवाट तीव्रका साथ बाटो, बिजुली र पानीको व्यवस्था गर्ने ।
  •     पर्यटन क्षेत्रको विकासका लागि तीन खम्वे अर्थनीतिको अवलम्बन गर्ने ।
  •     नेपालको स्वाधिन अर्थतन्त्र निर्माणको मूल आधार पर्यटन क्षेत्रलाई बनाउने ।

ख) पर्यटन क्षेत्र विकासका कार्ययोजनाहरु ः

  •     यस देशमा रहेका संपूर्ण पर्यटकीय स्थलहरुको पहिचान गर्ने ।
  •     पहिचान भएका पर्यटकीय क्षेत्रहरुलाई वर्गीकरण गर्ने ।

महत्वका हिसावले ः
    अन्तराष्टिय स्तर, राष्टिय स्तर, प्रादेशिक स्तर र स्थानीय स्तर
विषयका हिसावले ः

    धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक, शैक्षिक, भौगर्भिक, साँस्कृतिक तथा समाजशास्त्रीय 

  •     आवश्यक भएका स्थानहरुमा थप पर्यटकीय स्थलहरुको निर्माण गर्ने । 
  •     राज्यले पहिचान गरेका पर्यटकीय स्थलहरुमा बाटो, बिजुली र पानीको व्यवस्था गर्न पहिलो प्राथमिकताका साथमा लाग्ने ।
  •     नेपालको पर्यटन सम्वन्धि गुरुयोजना निर्माण गर्दै गुरुयोजना बमोजिम पर्यटन क्षेत्र विकासको काममा तिव्र गतिका साथमा कार्यान्वयनमा जाने ।
  •     पर्यटन मन्त्रालयले अन्तराष्ट्रिय तथा राष्ट्रीय महत्वका पर्यटकीय स्थलहरुलाई प्रत्येक बर्ष निश्चित संख्याहरुलाई ( ःभनब एचयवभअत ) ठूलो परियोजनाको रुपमा विकास गर्ने ।
  •     पुरातात्विक महत्वका क्षेत्रलाई छिटो भन्दा छिटो पहिचानका लागि पुरातत्व विभागलाई थप सुविधा सम्पन्न बनाउदै तिव्र रुपले काममा लागाउने ।
  •     पर्यटन एउटा सामुहिक उधोग भएका कारण विभिन्न किसिमका यातायातका साधनहरु, टभल एजेन्सीहरु, संचार, होटल तथा रेष्टुरेण्ट, पसलहरु, साँस्कृतिक संघ संस्थाहरु, वितिय संस्थाहरु लगायतका क्षेत्रमा सरकारले समन्वयात्मक भूमिका खेल्न संयन्त्र बनाउने ।
  •     ठूला योजनाको लागि आम नेपाली जनता तथा बैदेशकि सहयोग तथा लगानीलाई प्रोत्साहन गर्ने ।
  •     पर्यटनको प्रचारको लागि काठमाण्डौ तथा अन्तराष्ट्रिय बिमान स्थलहरुमा नेपालका मूख्य पर्यटक स्थलहरुको सूचना बोर्डहरु राख्ने र प्रत्येक शहरमा त्यस शहर र आसपासका पर्यटकीय स्थलहरुको बारेमा प्रचार बोर्ड राख्ने ।
  •     अन्तराष्ट्रिय र राष्ट्रीय स्तरका पर्यटकीय स्थलहरुलाई प्रत्येक शहरहरुमा दुरी तथा दिशा खुल्ने गरी वोर्डहरु राख्ने ।

आवश्यक पूर्वाधारहरु ः

  •     हरेक पर्यटकीय स्थलहरुको गुरुयोजना निर्माण । 
  •     आवश्यक बजेट पर्यटन क्षेत्रमा विनियोजन ।
  •     संघ, प्रदेश र स्थानीय सरकारहरुको एकिकृत कार्ययोजना निर्माण ।
  •     शैक्षिक सस्थाहरुमा पर्यटन शिक्षा र पर्यटन व्यवस्थाको बारेको शिक्षण ।
  •     आवश्यक मात्रामा पर्यटन सम्वन्धि सामाग्री प्रकाशन तथा पथ प्रदर्शकको उत्पादन ।
  •     नेपालीपन र नेपालको महत्व दर्शाउन गरी उपहार सामाग्रीहरुको उत्पादन । 
  •     विभिन्न स्थानमा विविध टुर प्याकेजहरुको निर्माण तथा संचालन ।
  •     पर्यटन विकास केन्द्र तथा पर्यटन अनुसन्धान केन्द्रको स्थापना ।

हामीले नेपालको पर्यटन विकासका लागि अव योजनाबद्ध रुपले नेपालको पर्यटन गुरुयोजना निर्माण गर्ने, बनाएको योजनालाई इमान्दारीकासाथमा कार्यान्वयन गर्ने कार्यमा गंभिरताका साथमा लाग्न सक्यौ भने मात्र हामीले यस क्षेत्रको विकासमा महत्वपूर्ण उपलव्धि हासिल गर्न सक्ने छौ र नेपालको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने दिशामा ठोस योगदान गर्न सक्नेछौ ।

 
 


 

प्राप्त प्रतिकृयाहरू

To Top