सामाजिक सञ्जालमा भाइरल भइरहेको सलमान खान र साहरुख खानको यो एक भिडियो (सोनम कपुरको बिहेमा)

मनोरञ्जन बैशाख २६ २०७५ ekhabarnepal
Sonam wedding pslkrwot4f

एजेन्सी– बलिउड अभिनेत्री सोनम कपुरले व्यापारी आनन्द आहुजासँग मंगलबार लगनगाँठो कसिन्। विवाहपछिको भोज समारोहमा विभिन्न भारतीय कलाकारहरुले उपस्थिति जनाए। 

कार्यक्रमका सहभागी बलिउड अभिनेता सलमान खान र साहरुख खानको एक भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल भइरहेको छ। भिडियोमा सोनमकी आमालाई सलमान र साहरुखले गीत गाएर सुनाएका छन्।

उक्त गीत सुनेर सोनमकी आमा खुब लजाएकी छन्, जुन भिडियोमा देख्न सकिन्छ।

उनीहरुको यो रमाइलोमा सोनम–आनन्दका साथै अनिल कपुर, मिका सिंह, रणविर सिंह लगायतका कलाकारहरुले साथ दिएका थिए। 

प्राप्त प्रतिकृयाहरू

To Top