पूर्वप्रधानमन्त्रीहरुको प्रधानमन्त्रीलाई सुझाव: भूउपयोग सम्बन्धि नीति ल्याउनुहोस 

राजनीति बैशाख २५ २०७५ ekhabarnepal
Kp oli india visit

काठमाडौं बैशाख २५ ,

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसंग सरकारको नीति तथा कार्यक्रमका बिषयमा आज छलफल गर्नुभएको छ । 

बिहान बालुवाटारमा आयोजित छलफलमा अव्यवस्थित बसोबासलाई कसरी व्यबस्थित गर्ने भन्ने बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु हस्तान्तरण गर्नु पर्ने प्रस्ताव गर्नुभएको थियो । 

यसैगरी भूउपयोग सम्बन्धि नीति पनि बनाउनुपर्ने पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिनुभएको छ । 

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा,बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी हुनुहुन्थ्यो । 

प्राप्त प्रतिकृयाहरू

To Top