‘कामना फिल्म अवार्ड–२०७५’मा आवेदन खुल्यो

मनोरञ्जन बैशाख २५ २०७५ ekhabarnepal
Kamana award


काठमाडौं। सिने मासिक पत्रिका ‘कामना’ले सिजी इन्टरटेनमेन्टको सहकार्यमा गर्दै आएको ‘कामना फिल्म अवार्ड–२०७५’मा सहभागी हुन चाहनेका लागि आवेदन खुल्ला गरेको छ ।आयोजक संस्था कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले सोमबार विज्ञप्ति जारी गर्दै चौथो संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । ‘कामना फिल्म अवार्डस्–२०७५’मा २०७४ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक भएका नेपाली चलचित्रले सहभागिता जनाउन सक्नेछन् । आवेदन निःशुल्क भर्न पाइने ब्यबस्था गरिएको छ । 


अवार्ड समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन तथा मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्ने जनाएइको छ । त्यस्तै, चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) प्रदान गर्दै आएको यस आवार्डमा लक्सको सहभागीतासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाईस अवार्डसमेत थपिएको छ । लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै  आएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

To Top