नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि  पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली

राजनीति बैशाख २५ २०७५ ekhabarnepal
Kp oli 4

 

वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

छलफलका लागि पुर्व प्रधानमन्त्रीहरुलाई साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रम जेठ १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदमा पेश हुनेछ ।

संसद् सचिवालयका अनुसार जेठ १५ गते अर्थमन्त्रीले राजस्व र आयव्ययको अनुमान संघीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिनअघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । यहि आइतबारदेखि बजेट अधिवेशन सुरु भैसकेको छ ।

संसद सचिवालयले असार १५ सम्ममा बजेट पास गरिसक्ने क्यालेन्डर बनाइसकेको छ । नीति तथा कार्यक्रम संसद्ले पारित गरेपछि संसद्मा बजेट प्रस्तुत हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

To Top