किन राखिदैछ संग्रहालयमा ट्रम्पको 'नाङ्गो मूर्ति'  बुझ्नुहोस्

विश्व बैशाख २३ २०७५ ekhabarnepal
Trump2 %281%29

 

वैशाख २३, 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाङ्गो मूर्ति अमेरिकाको एक संग्रहालयमा प्रदर्शन गरिने भएको छ ।एकजना प्यारानर्मल खोजकर्ता ज्याक बागन्सले लिलामीमा ट्रम्पको नाङ्गो मूर्ति किनेपछि त्यो मूर्ति लस एञ्जलसमा रहेको उनको हण्टेड संग्रहालयमा प्रदर्शन गरिने भएको हो । २०१६ को अगस्ट महिनामा राष्ट्रपति चुनावको समयमा लस एञ्जलस, न्यूयोर्क, सियाटल, सान फ्रान्सिस्को तथा क्लेभल्याण्डको सार्वजनिक स्थानमा ट्रम्पका नाङ्गा मूर्तिहरु देखिएका थिए ।

‘राष्ट्रपतिको अण्डकोष छैन’ भन्ने शिर्षकका अन्य यस्तै चारवटा मूर्तिहरु भने त्यतिबेला बरामद गरेर नष्ट गएिको थियो । त्यो बेला बचेको यो एकमात्र मूर्ति भने पगालिनु वा नष्ट गरिनुअगावै हलिउड बुलेभर्डको ला लुज डे जिसस ग्यालरीले भेट्टाएको थियो ।
 
बागन्सले जुलियन नामका सेलिब्रिटी लिलामीकर्ताबाट किनेको त्यो मूर्ति त्यतिबेलाको विवादास्पद मूर्तिहरुमध्ये नष्ट हुनबाट बचेको सम्भवत अन्तिम मानिएको छ । वेष्ट कोष्टका एनार्किष्ट कलेक्टिभको संकलनमा रहेको यो मूर्ति अमेरिकाका ४५ औं राष्ट्रपतिलाई अण्डकोष बिनाको नांगो देखाउने मूर्ति हो ।
बागन्सले त्यो मूर्ति २८ हजार डलरमा लस एञ्जलसमा चलिरहेको लिलामीमा किनेको बताइएको छ । यो मूर्ति किन्ने प्यारानर्मल खोजकर्ता  तथा अमेरिकी टेलिभिजनकर्मी ज्याक बागन्सले जारी गरेको विज्ञप्तिमा उनले राष्ट्रपति ट्रम्पको यो मूर्ति लस एञ्जलसको आफ्नाे हण्टेड संग्रहालयमा प्रदर्शनीमा राख्न चाहेको बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top