आईपीएलमा दिल्ली ७ विकेटले पराजित 

खेल बैशाख २३ २०७५ ekhabarnepal
Ipl delhi vs hydrabad


वैशाख २३,
इण्डियन प्रियिमर लिग अन्तर्गत शनिबार भएकाे खेलमा हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्थी शाहले ३६ बलमा ६५ रन बनाएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै श्रेयस ऐयरले ४४ रन बनाए ।

बलिङ तर्फ राशिद खानले २ विकेट लिए भने सिद्धार्थ कौलले १ विकेट लिए ।

१६४ रनको लक्ष्य हैदराबादले ३ विकेटको क्षतिमा १ बल अगावै पूरा गर्‍यो । हैदराबादका लागि एलेक्स हेल्सले ४५ रनको योगदान दिए । यस्तै शिखर धवनले ३३, केन विल्यामसनले ३२, युसुफ पठानले २७ र मनिष पाण्डेले २१ रन बनाए ।

प्राप्त प्रतिकृयाहरू

To Top