कोइलाखानीमा दुर्घटना, १६ जनाको मृत्यु

विश्व बैशाख २३ २०७५ ekhabarnepal
Pak

 

पाकिस्तान,बैशाख २३ 

पाकिस्तानको बलुचिस्तानमा कोइलाखानीमा भएको दुर्घटनामा कम्तिमा १६ जनाको ज्यान गएको छ ।

बलुचिस्तानको राजधानी क्वेटाबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको मारवारमा रहेको कोइलाखानीमा भएको पहिलो घटनामा १२ जना मजदुरको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

कोइलाखानीमा मजदुरले काम गरिरहेका बेला ग्यास पाइप लिक भएर विस्फोट हुँदा खानी पुरिएको हो । यस्तै स्पिन करिजमा रहेको खानीमा भएको घटनामा थप चार जनाएको ज्यान गएको छ ।

अझै कम्तिमा एकजना फसेको हुन सक्ने आशंका गरिएको छ । शनिबार भएको घटनामा ६ जना मजदुर घाइते भएका छन् । उनीहरुलाई क्वेटामा रहेको अस्पतालमा भर्ना गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top