सन्दर्भ २०० औ माक्र्स जयन्ति ः माक्र्सवादमा निषेधको निषेध 

बिचार बैशाख २३ २०७५ ekhabarnepal
Bal bhd acharya



बलबहादुर आचार्य

रुपान्तरण सम्वन्धि माक्र्सवादी सिद्धान्तं 

आज भन्दा दुई सय वर्ष अगाडी जन्मेका विश्वका महान दार्शनिक कार्लमाक्र्सले समाजको रुपमान्तरणका बारेमा प्रतिपादन गरेको सिदान्तलाई अहिलेसम्म मौखिक रुपमा आलोचना गरे पनि व्यवहारमा उक्त सिदान्तलाई खण्डन गर्न सकेका छैनन् । बरु पूँजीवादी सिदान्तले समाजमा थोपरेका समस्याका कारण पँुजीवादी समाजमा माक्र्सवादले क्रमश हस्तक्षेत्र गर्दै आएको छ । कुनै पनि सामाजिक सिदान्तलाई समाजमा कार्यान्वयन गर्न खोज्दा समाजको गहन तरिकावाट विश्लेषण गर्ने र त्यस सिदान्तलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने बारेमा ठिक तरिकाले विश्लेषण गर्न नसक्दा समाजमा या त उग्रवादी चिन्तन हावी हुन जान्छ र समाजमा अराजकताले समाजका आवश्यक पक्षहरुको विनास हुन जान्छ भने तयसलाई ठिक किसिमले समाउन नसक्दा दक्षिणपंथी अवशरवादले स्थान लिन जान्छ । यसको उदाहरण हामीले हाम्रो नेपाली समाज र यहाँका कम्युनिष्ट पार्टीहरुको इतिहासवाट सिक्न सक्नु पर्ने देखिन्छ । यसै सन्दर्भमा माक्र्सको यस २०० औ जन्म दिनका अवशरमा याहाँ माक्र्सवादको समाज रुपान्तरणको सिदान्त दन्दात्मक भौतिकवादको तेस्रो नियम निषेधको निषेधको व्यवहारिक पक्षका बारेमा केही चर्चा गर्ने पैयास गरिएको छ । 

हरेक मानिसले विचारको आधारमा दृष्टिकोण बनाउदछ र दृष्टिकोणका आधारमा मानिसको व्यवहार हुन्छ । त्यसै गरी नेपालका राजनैतिक दलहरुका दृष्टिकोण विचारका आधारमा बन्दछन् र पार्टीका दृष्टिकोणका आधारमा उनीहरुका क्रियाकलाप तथा व्यवहारहरु हुने गर्दछन् । जुनसकै राजनीतिक पार्टीले पनि आफ्नो सैद्धान्तिक विचारका आधारका दृष्टिकोण बनाउदछ र सोही दृष्टिकोणका आधारमा उसका व्यवहार देखिने गर्दछ ।     

नेपालका कम्युनिष्ट पार्टीले माक्र्सवादी दर्शनको अध्ययन, सश्लेषण र कार्यान्वयन ठिक किसिमले गर्न नसकेका कारण कहिले उग्रवामपन्थी भाषमा त कहिले दक्षिणपन्थी भाषमा हिडने गरेको देखिन्छन् । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना भएको करिब ६९ वर्ष पुुगे पनि यी पार्टीहरुले नेपाली समाजलाई ठिकसँग बुझ्न,े अध्ययन गर्ने र माक्र्सवादी दर्शनलाई ठिक किसिमले व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा चुकेको देखिन्छन् । जसका कारणले गर्दा डा.केशरजंग रायमाझील २०१७ सालमा लिएको लाइन होस वा २०२८ सालमा पूर्व कोशी प्रान्तीय कमिटी अन्तरगतको झापा जिल्ला कमिटीले लिएको वर्ग शत्रु खतमको बाटो होस वा २०५२ मा नेकपा माओवादीले संंचालन गरेको सशस्त्रयुद्धको नीति नै किन नहोस् । यी सवै लाइनहरु व्यवहारमा असफल सावित भएका छन् । यति बेला नेपालका कम्युनिष्ट पार्टीहरु आफ्ना अनेक रंगरोगनमा नेकपा एमालेले लिएको जनताको बहुदलीय जनवादको मूल सिदान्तको वरिपरि नै आफ्नो अस्तित्वलाई चलायमान बनाई रहेका छन् ।

माक्र्सवादी दर्शन (द्धन्द्धात्मक भौतिकवाद) को तेस्रो नियम निषेधको निषेधलाई समाज रुपान्तरणको सापेक्षमा ठिकसँग बुझ्न नसक्दा कहिले दक्षिणपंन्थी अवसरवादको दल दलमा त कहिले उग्रवामपंथी भाषमा फसेका कारणले नेपालका कम्युनिष्ट पार्टीहरुले आप्mनो स्थापनाको लामो काल खण्डमा पनि राष्ट्रको नेतृत्व गर्दै बिकासको गतिलाई ठिक दिशामा अगाडी बढाउन सकेका छैनन् भने समय सापेक्ष रुपमा राम्रो र ठिक नीति लिएको नेकपा एमालेले भने यस क्षेत्रमा तुलनात्मक रुपमा गतीशील नेतृत्व गर्न सफल बनेको छ । जसका कारण हाम्रो देश नेपाल २००७ सालको परिवर्तन पछि निरन्तर रुपमा कहिले लामो त कहिले छोटो संक्रमणकालिन राजनैतिक अवस्थाबाट अव केही पार पाउछ कि भन्ने संकेतहरु देखा पर्न लागेको छ । 

माक्र्सले भने झै संसार परिवर्तनशील छ र संसारमा हरेक बस्तु हरपल परिर्वतनको चक्रमा गुडिरहेका हुन्छन । मात्रात्मक परिर्वतनलाई हामीले सामान्य हेराइवाट सजिलै देख्न सक्दैनौ तर गुणात्मक परिर्वनलाई भने हामीले सजिलै देख्न र व्याख्या गर्न सक्दछौ ।  कुनै पनि बस्तुमा परिवर्तन कसरी हुन्छ र परिवर्तनका तत्वहरु कसरी र कुन रुपमा परिर्वन हुदै जान्छन र परिवर्तनको अवधि कति हुन्छ भन्ने बिषय नै निषेधको निषेध नियमले बिश्लेषण गर्ने विषय हो । 

परिवर्तनका सम्वन्धमा माक्र्सवादी दर्शनमा निषेधको निषेध सम्वन्धी नियम आकर्षित हुने गर्दछ । माक्र्सवादी दर्शनमा दन्दात्मक भौतिकवादका ३ वटा नियमहरु अन्तरविरोधको नियम, संघर्षको नियम र रुपान्तरणको नियम मध्ये तेस्रो नियमको रुपमा रहेको रुपान्तरणको नियमलाई निषेधका निषेधको रुपमा लिईन्छ । यस नियमका पनि ३ वटा पक्षहरु हुन्छन् । जसको पहिलो पक्षको रुपमा अनिवार्य त्याज्य पक्ष हुन्छ । जो वस्तुमा हुने अनिवार्य लोपवान पक्ष हो । यो पक्ष अनिवार्य रुपमा समय र परिस्थिति अनुरुप लोप हुदै जान्छ । यदि यो पक्षलाई समय र परिस्थितिको साथमा रुपान्तरण नगर्ने र यथावत राख्न खोजियो भने नयाँ र पुरानाका बीचमा समाजमा अन्तरविरोध देखा पर्दछ । यसले यथास्थिति पक्षको प्रतिनिधित्व गर्दछ जसले समाजलाई अगाडि जान अवरोध श्रृजना गर्दछ । जसले समाजमा विद्रोह निम्त्याउछ र परिवर्तनकामी पक्ष यसको रुपान्तरणको पक्षमा अघि बढदा समाजमा द्धन्द्धको श्रृजना हुन्छ । यो दन्दको परिणाम स्वरुप पुराना काम नलाग्ने पक्षलाई पछाडी छाडिन्छ । हामी जति चाहे पनि यसलाई रोक्न सकिन्न हामीले हाम्रो समाजका राजनीतिक, सामाजिक, साँंस्कृतिक तथा आर्थिक पक्षहरुलाई गहिरिएर हे¥यौं भने सबै बस्तुका पुराना पक्षहरु समयक्रम संगै लोप हुँदै गएका हुन्छन् । यो रुपान्तरणको अनिवार्य पक्ष पनि हो । यस रुपान्तरणको गतिलाई कति बनाउने भन्ने विषय मात्र मानवीय व्यवस्थापनको पक्ष हो । हाम्रै घर परिवार र समाजमा हिँजोका चलन चल्ती र पुराना चाल चलन तथा व्यवहारलाई गहिरो गरी हे¥र्यौ भने त्यसले हामीलाई प्रष्ट पार्दछ । हाम्रो नेपालका विभिन्न सस्कृतिका कुराहरु नियाल्यौं भने हाम्रा बुवा आमाका पालाका धेरै चलन चल्तीहरु अहिले छाडिई सकेका छन् । त्यस्तै नेपालको राजनीतिक इतिहासलाई हेरयौ भने पनि राणा शासन र राजतन्त्रात्क व्यवस्था नेपाली राजनीतिको त्याज्य पक्ष भइसकेको छ  । जति बेलासम्म राजतन्त्रले समय र परिस्थिति अनुसार आपूmलाई परिवर्तित गर्दै लग्यो चाहे त्यो २०३६ सालको बहुदल निर्दल चुनाव होस वा ०४६ सालको बहुदलीय व्यवस्थाको स्थापना होस त्यतिबेलासम्म राजतन्त्र अस्तित्वमा थियो तर जव ०६२ सालमा समय र परिस्थिति अनुसार राजतन्त्रले आफुलाई रुपान्तरण गर्न चाहेन तव नेपालका राजनीतिक दल र राजतन्त्रका वीचमा ठूलो संंघर्ष संचालन भयो र अन्त्यतः राजतन्त्र समाप्त भयो । यस्तै प्रविधिको क्षेत्रमा हेर्यौ भने हाम्रा समाजका विभिन्न क्षेत्रमा पुराना र पछौटे प्रविधिहरु परविर्तित हुदै नयाँमा रुपान्तरण हुदै गएका छन् । हामीले हाम्रा समाजका विभिन्न क्षेत्रहरु कृषि क्षेत्र, निर्माणको क्षेत्र, संचार क्षेत्र, छपाइका क्षेत्र, उधोग व्यवशायका क्षेत्र, राजनीतिक, र्आिथक, सामाजिक तथा सास्कृतिक क्षेत्र लगायत हाम्रा जीवनको हरेक क्षेत्रमा अव्यवहारिक र पछौटे क्षेत्रहरु क्रमशः लोपवान हुदै गएकाछन् र कतिपय बिषयहरु त अव हाम्रा सन्ततिका लागि संग्राहलय बनाएर शिक्षाका लागि संरक्षण गर्नु पर्ने अवस्था आइसकेका छन । यसरी समय र परिस्थिति अनुसार चल्न नसक्ेन र अव्यवहारिक हुदै आएका तत्वहरु अनिवार्य रुपमा लोप भएर जान्छ । यही नै निषेधको निषेधमा त्याज्य वा लोपवान तत्व हो ।

यसै गरी निषेधका निषेधको दोस्रो पक्ष भनकोे निरन्तरताको पक्ष हो । समाजका हरेक क्षेत्रहरु मानव समाज, संस्कृतिक, प्रविधि, शिक्षा लगायतका अघिल्ला पिडि र पछिल्लो पिडि वा समाजका बीचमा केही समानताका पक्षहरु हुन्छन् । यो दुई अवस्थाको बिचमा समानताको रुपमा रहेको तत्वहरुले दुई अवस्थाको बीचमा पुलको रुपमा कार्य गरेका हुन्छन यस समानताको पक्षलाई नै निरन्तरताको पक्षको रुपमा लिइन्छ । यदि यी दुई अवस्थाका बीचमा रहेको पुललाई भत्काउन खोजियो भने त्यसले रुपान्तरणमा विग्रह ल्याउँछ र विकासको गतिलाई नै धेरै पछाडि पु¥याँउछ । यस समाजका हरेक बस्तुहरुको रुपान्तरणमा पुरानो अवस्थाको एउटा हिस्सा अर्को अवस्थामा बिरासतको रुपमा आएको हुन्छ र यो नै उक्त बस्तुको विकासको मुल आधार पनि हो । यही निरन्तरताको जगका उभिएर नविन पक्षले आफुलाई विकास गर्न सक्दछ । यो नै अघिल्लो अवस्थाको पहिचान पनि हो । भनिन्छ मानिसमा चौधौ पुूस्तासम्म आफना पुर्खाका गुणहरु सन्तानमा रुपान्तरीत भएका हुन्छन । हाम्रा समाजमा छोरा छोरीमा सरेका गुणलाई हेरेर हामीले भन्ने गर्छौ कि फालानोको छोरा वा छोरी त काटे कुटी बा वा आमा जस्तो छ भनिन्छ । त्यस्तै प्रविधिमा पनि नयाँ जेनेरेशनमा धेरै सुविधाहरु पहिलो जस्तै भए पनि नयाँमा यसको क्षमता तथा सुविधाहरु केही थप गरिएको पाइन्छ । यो निरन्तरताको पक्ष हरेक बस्तुमा रहेको हुन्छ । 
हाम्रो समाजमा उग्र वामपन्थी चिन्तन राख्नेहरु निरन्तरतामा पुराना आवश्यक पक्षलाई साथमा लिएर जानु पर्दछ भन्ने विषय स्वीकार्न सक्दैनन र पुराना सवै तत्वको नष्ट गर्नु पर्दछ भन्ने उग्र चिन्तनवाट समाजलाई ध्वंसात्मक वाटो तर्फ अगाडी बढाउदछ जस्ले समाजमा ठूलो ध्वंंसात्मक घटनाहरु घटेका हुन्छन् । यसको पछिल्लो परिणाम नेकपा माओवादीको सशस्त्रयुद्ध र त्यसका ध्वंसात्मक गतिविधिहरु जिउँदो प्रमाणका रुपमा हामी सामु छन् । यस चिन्तनले पुराना सबै कुरा नष्ट गर्नु पर्दछ, पुराना बस्तु सवै नष्ट नगरीकन नयाँ निर्माण गर्न सकिन्न भन्ने उग्र चिन्तन राख्दछ यो उग्रवादी चिन्तनले निरन्तरताको अनिवार्य पक्षको पनि नास गर्दछ । यसले समाजलाई पछाडि धकेल्छ । यही उग्र चिन्तनले हिँजो युद्धका बेला ऐतिहासिक मठमन्दिर, गाविस भवन, साँंस्कृतिक महत्वका पुस्तकहरु, ऐतिहासिक शालिक तथा सामाग्रीहरु, पूल एवंं सरकारी भवनहरु लगायतका भौतिक संंरचना भत्काउने कार्यहरु भए । यति मात्र होइन शान्ति प्रक्रियामा आएर पनि संंसदमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुँदा समेत नयाँ संविधान निर्माण गर्न पाएको महत्वपूर्ण अवसरहरुलाई समेत चिन्ह नसकी उग्र चिन्तनका कारण देशलाई पुनः दशक पछाडि धकेल्ने काम भयो । कम्युनिष्ट पार्टीलाई जनताले दिएको यो सुवर्ण अवसरबाट बञ्चित गर्ने काम गरे जसको परिणाम स्वरुप अहिले संविधानसभाको दोस्रो निर्वाचनमा जनताको अदालतबाट सजाए समेत पाए ।
 यसरी रुपान्तरणमा निरन्तरताको पक्ष अनिवार्य रुपमा हुन्छ भन्ने पक्षलाई ख्याल गर्न आवश्यक हुन्छ । हामीले पंचायती व्यवस्थाको अन्त्य भए पनि पंचायती कालमा भएका कतिपय ऐतिहासिक कला सस्कृति, वैज्ञानिक उपलव्धि र सामाजिक मुल्य मान्यता लगायतका समाजलाई काम लाग्ने विषयवस्तुलाई केही समयसम्मका लागि निरन्तरताको रुपमा उपयोग गर्नेछौं जुन बेला उक्त विषयवस्तु अव्यवहारिक हुन्छन त्यसवेला मात्र त्यसलाई त्याज्य पक्षको रुपमा त्याग्नेछौं ।

त्यसै गरी निषेधका निषेधको तेस्रो महत्वपूर्ण पक्ष भनेको नविनतम पक्षको प्रतिनिधित्व हो जसले नयाँ युग र नयाँ अवस्थाको प्रतिनिधित्व गर्दछ । यस पक्षलाई राम्रोसँग बुझ्न नसक्नेहरु सधैं पुराना तथा निरन्तरताको पक्षको वकालत गर्दछन र यथास्थितिवादी र पुरातनपन्थी सोचमा रमाउने गर्दछन् । तसर्थ जुनसुकै परिवर्तनको मुटु भनेको नविनतम पक्ष हो । नयाँ समय र परिस्थितिले माग गरेको विषय बस्तुलाई समय र परिस्थिति अनुसार जसले ठिक किसिमले उठाउने र कार्यान्वयनमा जान सक्दछ त्यसले मात्र रुपान्तरणको अगुवाई गर्दछ र त्यस व्यक्ति वा पार्टीले मात्र समाजको नेतृत्व गर्न सक्दछ । नेपालको राणा शासन र पंचायती शासन व्यवस्थाले कहिले पनि नयाँ पक्षको पक्षपोषण गर्दै समयको मागलाई संम्वोधन गर्न सकेन जसको परिणाम आपूmलाई पतनको वाटोमा पुर्यायो ।

नयाँ युगको प्रतिनिधित्व गर्ने नयाँ सोँच एवं सिद्धान्तलाई श्रृजनात्मक रुपले कार्यान्वयन गर्न नसक्ने नेता तथा राजनैतिक पार्टीहरुले समाजलाई ठिक गति र दिशामा अगाडि बढाउन सक्दैनन् । नेपालको कम्युनिष्ट आन्दोलनमा पुराना विचार एवं सोचको पक्षपोषण गर्नेहरु यथास्थितिको दलदलमा फस्ने गरेका छन् भने रुपान्तरणको नाममा नयाँ सपनाहरुमात्र देख्ने र समाजको मूल आधारको रुपमा रहेको निरन्तरताको पक्षलाई नै नदेखि रुपान्तरणको आधार भूमिलाई विर्सनेहरु काल्पनिक सपनामा मात्र रमाउनेछन । यस काल्पनिक चिन्तनले पुराना सवै कुराको ध्वस्त नगरी नयाँ कुराको श्रृजना गर्न सकिन्न भन्ने भ्रममा पुराउदछ र रुपान्तरणको मूल आधारभूमि नै समाप्त गर्न पुग्दछन । जस्ले समाजलाई विनासको एउटा ठूलो खाडलमा पुर्याउदछन । यसरी पुरानो सवै समाप्त नगरी नयाँ निर्माण गर्न सकिन्न भन्ने उग्र चिन्तनहरु सामाजिक रुपान्तरणमा समस्याका रुपमा देखा पर्दछ र यसले समाजको विकासमा ठुलो धक्का पुराउदछ भन्ने राम्रो उदाहरण नेकपा माओवादीको शसस्त्र युद्धको नकरात्मक पक्षलाई लिन सकिन्छ ।  

हामीले हाम्रो समाजका विभिन्न घटनाक्रमहरुलाई मसिनो गरी नियालेर हेरयौ भने यसका विभिन्न प्रयोगात्मक कार्यहरु हाम्रा वरिपरि भइरहेका छन् । समाजको अगुवा वा राजनीतिक दलका नेताहरुले यसलाई गंभीरताको साथमा लिँदै  हामीले आआफ्नो कार्य क्षेत्रमा ठिक किसिमले बुझ्ने कार्यान्वयन गर्न नसक्ने हो भने नेपाली समाजको समृद्धिले ठीक दिशा र गति लिन सक्ने छैन । यस कार्यका लागि समाजको अगुवाहरु अत्यन्त सुझबुझका साथ अगाडि बढ्न आवश्यक देखिन्छ । त्यसैले अब ध्वंसात्मक होइन निर्माणको बाटोमा जुटौं, नकारात्मक होइन सकारात्मक बाटोमा अगाडि बढौं । पुरानोको संरक्षणका नाममा यथास्थितिमा रमाउने र नयाँ विकासका नाममा सवै पुराना भत्काउने अतिवादी सोचवाट बच्दै काम नलाग्ने त्यागौ, आवश्यक पक्षलाई व्यवहारिक भएसम्म निरन्तर रुपमा अगाडी बढाऊ र समयको माग बमोजिम नयाँलाई समाजमा स्थापित गरौं भन्ने माक्र्सवादी सिद्धान्तलाई श्रृजनात्मक रुपमा व्यवहारमा कार्यान्वयन गरौ यसले मात्र महान दार्शनिक माक्र्सको जन्म दिनको सन्दर्भमा सच्चा श्रदान्जली हुनेछ र नेपाली समाजको आमुल परिवर्तनमा ठोस योगदान पुग्नेछ  । यहि नै रुपान्तरण सम्वन्धि माक्र्सवादी दृष्टिकोण पनि हो । 

प्राप्त प्रतिकृयाहरू

To Top