ट्वीटरका प्रयोगकर्ताहरु आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस : यस्तो हुदैछ ट्वीटर

मनोरञ्जन बैशाख २१ २०७५ ekhabarnepal
Twitter %281%29

एजेन्सी, सामाजिक सञ्जाल ट्वीटरले आफ्ना करिब ३३ करोड प्रयोगकर्तालाई आफ्नो एकाउन्टको पासवर्ड परिवर्तन गर्न अपिल गरेको छ।एक प्राविधिक कमजोरीका कारण केही पासवर्ड कम्पनीको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर हुन गएको जनाउँदै उसले प्रयोगकर्तालाई एकाउन्टको पासवर्ड परिवर्तन गर्न अपिल गरेको हो ।

यद्यपि ट्वीटरले आन्तरिक जाँचमा पासवर्ड चोरी नभएको र एकाउन्टको गलत प्रयोग नभएको प्रष्ट पारेको छ । तर सावधानी अपनाउँदै सबै प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गर्न भने आग्रह गरेको छ ।यसबाट कति पासवर्ड प्रभावित भए, कम्पनीले अहिलेसम्म केही भनेको छैन ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै ट्वीटले भनेको छ कि यो गल्ती केही साता पहिला थाहा भएको थियो । ट्वीटरका कार्यकारी निर्देशक जैक डोर्सेले ट्वीट गरेर भनेका छनः

प्रयोगकर्ताहरुलाई प्रयोगकर्ताहरुलाई एकाउन्ट ह्याक हुनबाट बचाउनका लागि दुई स्तरीय प्रमाणिकताको पालना गर्न पनि सुझाव दिएको छ।

प्राप्त प्रतिकृयाहरू

To Top