खतराबाट मुक्त हुनपनि पार्टी एकता आवश्यक छ- प्रचण्ड

राजनीति बैशाख २१ २०७५ ekhabarnepal
Prachanda

काठमाडौं बैशाख २१, 
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आवश्यकता र आकस्मिकतासंग जोडिएको दुई पार्टी छिट्टै एक हुने दोहो¥याउनु भएको छ ।कार्ल माक्र्सको जनदिनको अवसरमा राजधानीमा भएको विचार गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल र नेपालीको राष्ट्रिय स्वाधिनतालाई एकतावद्ध गर्न कम्युनिष्ट एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । उहाँले कम्युनिष्ट भनेको नेताहरुको पार्टी भएको भन्दै फेरी एकता हुन सकेन भने अर्कोखतरामा पुगीने दाबी गर्नभयो ।

उहा“ले पश्चिमा विद्धानले नेपालको अस्थित्व नै खतरामा पर्ने बताएको भन्दै बुर्जुवाले भने जसरी खतराबाट मुक्त हुनपनि एकता आवश्यक भएको बताउनुभयो ।

निरन्तरताको क्रम भंग गरि नया ढंगबाट अगाडि बढ्नु पर्ने समय आएकाले ३ करोड नेपाली मात्र नभई ३ अर्ब मानिसको बीचमा आफुहरु एक भएको सन्देश दिन आवश्यक भएको प्रचण्डको तर्क छ । नेपालमा ठूलो लगानी र बलिदानीबाट प्राप्त भएको कम्युनिष्ट आन्दोलनलाई सहयोग गर्ने अवसर प्राप्त भएको उहा“को भनाई छ ।

प्राप्त प्रतिकृयाहरू

To Top