नेपालको आर्थिक समृद्धिको बलियो आधार कृषिको औधोगीकरण र व्यवसायीकरण 

बिचार बैशाख २० २०७५ ekhabarnepal
Bal bhd aach


बल बहादुर आचार्य

यति बेला नेकपा एमालेको नेतृत्वमा बनेको सरकारले नेकपा एमालेको नवौ महाधिवेशनले पास गरेको नेपालको विकासको रणनीतिक नारा सुखि नेपाली, समृद्ध नेपाल लाई व्यवहारमा कार्यान्वयन गर्ने कार्यमा केन्द्रित भएर लागेको देखिन्छ । नेकपा एमालेको महाधिवेशनले पास गरेको नारा नै यतिबेला नेपालको राजनीतिको मूल नारा हुन पुगेको छ । यस नारालाई कार्यान्वयनमा लान सकिन्छ भन्ने कुरा यस भन्दा अगाडी क.के.पी. ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले आधार तय गरेको थियो । त्यतिबेला प्रधानमंत्रीले शूरुवात गरेका विचार (सपना) लाई नेपालका जनाताले गत बर्ष भएको ३ वटै निर्वाचनले भारी मतले अनुमोदन गरी सकेका छन् । यो नारा अव नेपालको सस्कृतिको रुपमा विकास हुदै गई रहेको छ । यो कसरी सस्कृतिको रुपमा विकास हुदै गएको छ भन्ने बारेमा केही चर्चा गरौ ।  
कुनै पनि विचार समाजमा पहिलो पटक आउदा त्यसका पक्षमा व्यापक बहस छलफल हुन्छ र त्यसका पक्ष र विपक्षमा तर्क वितर्कहरु हुन्छन् । जव उक्त विचारलाई समाजले स्वीकार गर्दछ त्यस पछि उक्त विचारको पक्षमा समाज अगाडी बढदछ । यसको पछिल्लो उदाहरणका रुपमा विगतमा क.के पि शर्मा ओलीले नेपालको विकासको बारेमा नेपाली जनताका सपनाको रुपमा विभिन्न माध्यमवाट आफ्ना विचारहरु जनताको वीचमा राख्नु भयो । त्यस वेला क ओलीका विचारहरुलाई विभिन्न व्यक्ति तथा मिडियाहरुले मजाकको विषय बनाए तर तिनै राजनीतिक दल र विचारकहरुले पछि त्यस विचारहरुलाई आफ्ना चुनावी घोषणापत्र र चर्चाको विषय बनाउदै आए । यतिबेला क.ओलीले बोलेको नेपालको विकासका एजेण्डाहरु विभिन्न माध्यमवाट नेपाली समाजमा बहश तथा चर्चाका विषय बनेका छन । यतिबेला नेपालको समृद्धिका बारेमा गीत तथा कविताहरु बनेका छन । गोष्टी, सेमिनार, चिया पसल, विवाहभोज, कार्यालय लगायत मानिसका जीवनका हरेका क्षेत्रमा विकास र समृद्धिको पक्षमा चर्चाको विषय बन्नुले यो एउटा सस्कृतिको रुप लिन गईरहेको छ । जुन विषय यतिबेला नेपालको राजनीतिको लागि एउटा चुनौती संभावनाको रुपमा आइरहेको छ । 
अव नेपालका सवै तहका सरकारहरुले आआफ्रनो ठाउँको समृद्धिका लागि योजनावद्धको कामको विषय बनाउदै नेपालको हरेक क्षेत्रलाई समृद्धिको अभियानको रुपमा लानु अनिवार्य विषय बनेकोछ । अव हामीहरुले आआफ्नो स्थानको समृद्धिका आधार तथा प्राथमिकताहरु के के हुन । समृद्धिका लागि आत्मनिर्भर र स्वाधिन अर्थतन्त्रको निर्माण कसरी गर्न सकिन्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय पूँजीको विकासका लागि कस्ता कस्ता खालका योजना बनाउदै उक्त कार्ययोजनाहरु कसरी छिटो भन्दा छिटो कार्यान्वनमा लान सकिन्छ र कस्ता खालका उधोग तथा व्यवशायले रोजगारी बृद्धि गर्दे उधोग व्यवशायको विकास तीव्र गतिमा अगाडी लान सकिन्छ भन्ने बारेमै हामी सवैको ध्यान केन्द्रित गर्न आवश्यक छ । यी सवै कामका लागि हामीले हाम्रा कामका योजनाका साथमा कार्यमा लाग्नु पर्ने बेला आएकोछ । 
मेरो विचारमा नेपाल र प्राय सवै प्रदेशको समृद्धिको मूल आधार भनेको कृषि, पर्यटन र हामीसंग भएका प्राकृतिक संपादाहरुको योजनाबद्ध व्यवस्थापन नै हो । यी तिनै क्षेत्रलाई जवसम्म हामीले योजनाबद्ध रुपमा यसको गुरुयोजना बनाउदै कामको थालनी गर्दैनौ तवसम्म हामीले हाम्रो स्वाधिन अर्थतन्त्रको निर्माण र राष्ट्रिय पूँजीको विकास गर्न सक्दैनौ । जवसम्म हामीले राष्ट्रिय पूँजीको विकास गर्न सक्दैनौ तवसम्म हामीले समाजवादको पूर्वाधार बनाउन पनि सक्दैनौ । हामीले हाम्रो देशको विकासका लागि यी आधारभूत क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति निर्माण गर्ने शिक्षा नीति अवलम्बन गर्ने, यी क्षेत्रको बिकासको लागि आवश्यक नीति निर्माण गर्ने, आवश्यक लगानीका लागि पूँजी व्यवस्थापन गर्दै आवश्यक प्रविधि तथा दक्ष जनक्तिको व्यवस्था नै यतिबेलाकोमुख्य कार्य हो भन्ने लागेको छ ।
यस लेखमा विशेष गरी नेपालको कृषिको औधोगिकरण तथा व्यवशायीकरणका सन्दर्भमा केही चर्चा गर्न चाहेकोछु । यतिबेला नेपालको सिमित कृषि क्षेत्रहरु व्यवशायी खेती तर्फ बामे शर्न लागेको छ । नेपालको कृषि क्षेत्र परंपरागत उत्पादन प्रणाली मै भर परेकोछ । परंपरागत उत्पादन प्रणालीले गर्दा अहिले कृषकहरु खेती पेशावाट भागीरहेका छन । वर्ष भरी खेती गर्न भन्दा सानो तिनो नोकरी वा पेशा गर्दा जीविकोपार्जन गर्न सजिलो भएका कारण साना तथा मझौला कृषकहरु कृषि पेशावाट रुपान्तरण हुदै गएका छन र आफ्नो नाममा भएको खेत यात अधिया या गरी खान या त बाझो नै छोडनेको संख्या क्रमश बृद्धि भएको छ भने पाहाडतिर त घर नै छाडेर मानिसहरु शहर पसिरहेकाछन । यस्तो अवस्थामा अव हामी पुरानै किसिमवाट खेती गर्ने कार्य सोच्न पनि सक्ने अवस्थामा छैनो । पाहाडवाट मानिसहरु तराइ झर्ने र घडेरी लिइ अन्य पेशमा लाग्ने गरेका छन् । तराइका उर्वर खेतहरु प्लटिंग हुने र परिवार बढदै जादा भएका उर्वर जमिन पनि खण्डीकरण हुदै गएका छन् । तराईमा भएका खेतहरु पनि या त बाझो छन या प्रतिष्ठाका लागि खेत धनीले थप रकम दिएर बाझो नराख्नका लागि खेती गराई रहेका छन या त बेचेर शहर तर्फ व्यवशायमा रुपान्तरण भई रहेका छन । नेपालको कषि क्षेत्रमा अव नया सोचका साथमा कृषिको औधोगीकरण तथा व्यवशायीकरण गर्न आवश्यक देखिन्छ । नेपालमा कृषिको विकासका लागि यहाँ तल यस विषयमा बहशका लागि केही चर्चा गर्ने कोशिस गरिएको छ ।


१.०     कृषि क्षेत्र विकासको अवधारणा

  • परंपरागत कृषि उत्पादन प्रणालीलाई आधुनिक कृषि उत्पादन प्रणालीवाट विस्तापन ।
  • आधुनिक प्रविधि मार्फत कृषि क्षेत्रको औधोगिकरण र व्यवशायीकरण 
  • पर्यटकीय क्षेत्र भएकोले अर्गानिक कृषि उत्पादनमा जोड ।
  • कृषि विकासका लागि आवश्यक भौतिक पूर्वाधारहरुको समुचित रुपमा विकास  ।
  • नेपाललाई पहिलो चरणमा कृषिमा आत्म निर्भर  र दोस्रो चरणमा निर्यातका लागि उत्पादनको विकास ।
  • सरकारको पहलमा केही नमुना कृषि उत्पादन क्षेत्रको संचालन गरी उक्त क्षेत्रलाई कृषि पर्यटनका रुपमा समेत स्थापना गर्ने ।
  • कृषि उत्पादनमा सरकार, नीजि क्षेत्र र सहकारी तथा सामुहिक कृषि उत्पादन समुहको सहभागिता । 
  • नेपालको स्वाधिन अर्थतन्त्र निर्माणको पहिलो आधार कृषि क्षेत्र ।
  • नेपालमा रहेका श्रोत साधन र जनशक्तिको उच्चतम उपयोग
  • सरकार, नीजि क्षेत्र र जनसहभागीताका आधारमा कृषि क्षेत्रको विकास 
  • बिकास र प्रतिफलमा पिछडिएका क्षेत्र र पछि परेका समुदायलाई प्राथमिकता 
  • जनताका बीचमा भएको साधन श्रोतलाई अत्यधिक मात्रा लगानीको बाताबरण बनाई उनीहरुको लगानीमा प्रोत्साहन 
  • वातावरण संरक्षण र हरियाली निर्माणमा प्राथमिकता 
  • गुरुयोजना निर्माण पश्चात कार्ययोजनाको संचालन 

१.१     कृषि विकासका कार्ययोजना ः
पहिलो चरण ः

  • सर्व प्रथम भूउपयोग नीति निर्माण तथा कार्यान्वयन गर्ने ।
  • संपूर्ण कृषि भूमिको माटो परिक्षण गर्ने ।
  • माटो परिक्षणका आधारमा कृषि खेतीका लागि पकेट, व्लक, जोन तथा सुपरजोनको निर्धारण गर्ने 
  • यस्ता क्षेत्रमा रहेर सामुहिक उत्पादनमा लाग्ने किसानहरुलाई राज्यले विभिन्न प्रकारका सहुलियत दिदै प्रोत्साहनमूलक कार्यक्रमहरु संचालन गर्ने ।
  • कृषि उत्पादन बृद्धिका लागि आवश्यक उन्नत बिउ, मल, औषधी, आधुनिक औजार तथा मेसिनहरु र दक्ष प्राविधिकहरुको व्यवस्था गर्ने र यसका लागि आवश्यक उधोग तथा तालिम केन्द्रहरु पनि स्थापना गर्ने ।
  • कृषिमा सिचाइका लागि हाल संचालित सिचाई प्रणालीहरुलाई व्यवस्थित गर्ने र आवश्यक संभाव्य स्थानहरुमा सिचाइका लागि योजना निर्माण गर्ने ।
  • कृषि उत्पादनका लागि कृषकलाई आवश्यकता बमोजिम तालिम व्यवस्था गर्ने ।
  • कृषि उत्पादनको निरिक्षण तथा मुल्याकन प्रणालीको व्यवस्था गर्ने ।
  • नमुना कृषि उत्पादक किसान तथा क्षेत्रहरुको छनौट गरी पुरस्कृत गर्दै उक्त क्षेत्रलाइ कृषि पर्यटन क्षेत्रका रुपमा बिकास गर्ने । कृषि पर्यटनका लागि भौतिक पूर्वाधार तयार गर्ने ।
  • पशु पंक्षि व्यवशायलाई व्यवस्थित गर्दै गुणस्तरयूक्त मासु प्रशोधन केन्द्रहरु आवश्यक स्थानहरुमा संचालन गर्ने ।
  • उत्पादन क्षेत्रमा सडक निर्माण गर्दै आवश्यकता अनुसारका कृषि उपज संकलन केन्द्रको व्यवस्था गर्ने ।
  • कृषि संकलन केन्द्रमा संकलित उपजहरुको होलसेल तथा खुद्रा बजारको व्यवस्था गर्ने ।
  • कृषि उत्पादनका लागि आवश्यक स्थानहरुमा भण्डारण केन्द्रहरुको स्थापना गर्ने ।
  • उपभोक्तालाई सर्व सुलभ तरिकावाट कृषि उत्पादन खरिद गर्न सक्ने गरी कृषि बजार तथा घुम्ती पसलहरुको व्यवस्था गर्ने ।

दोस्रो चरण ः

  • कृषि उपजहरुको प्रशोधन केन्द्र तथा कृषिमा आधारित उधोगहरुको स्थापनाका गर्ने ।
  • निर्यात मूलक कृषि उत्पादन क्षेत्र स्थापना गरी योजनाबद्ध रुपमा कृषि उत्पादन गर्ने र निर्यातमूलक मूलक कृषि उत्पादनमा राज्यले सहुलियत कार्यक्रम संचालन गर्ने । 
  • कृषि उपजको निर्यातलाई व्यवस्थित गर्न कृषि निर्यात प्रर्वधन केन्द्र स्थापना गर्ने । 
  • बिभिन्न आवश्यक ग्रामिण स्थानहरुमा ठूला कृषि बजारहरुको ( जहाँ कृषकले आफना उत्पादन बेच्न र आवश्यक औजार तथा मेसिन लगायतका आवश्यक सामाग्री किन बेच गर्न सक्ने ) स्थापना गर्ने ।
  • कृषिको प्रर्वधनका लागि नियमित रुपमा कृषि प्रर्दशनी संचालन गर्ने ।
  • कृषिको दिर्घकालिन विकासका लागि कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने ।

१.२ कृषि विकासका लागि आवश्यक भौतिक र्पूवाधारहरु ः
कृषि उत्पादन गुरुयोजना – (कृषि क्षेत्रको बर्गीकरण)

  • माटो परिक्षण केन्द्रहरु
  • कृषक तालिम केन्द्र तथा प्राविधिक शिक्षाको संचालन
  • कृषि उन्नत विउ बिजन उत्पादन केन्द्र
  • कृषि अनुसन्धान केन्द्रको स्थापना
  • कृषि औजार कारखानाको स्थापना
  • कृषि मल कारखानाको स्थापना
  • कृषि सडक तथा यातायातको व्यवस्था
  • उत्पादन क्षेत्रको नजिकै कृषि संकलन केन्दको स्थापना 
  • कृषि खुद्रा तथा थोक बजारहरुको संचालन
  • ग्रामिण क्षेत्रमा ठूला कृषि उत्पादन तथा औजार खरिद बिक्रि केन्द्र
  • कृषि बजार प्रवर्धन केन्द्र
  • कृषि उत्पादनको निरिक्षण तथा मुल्याकन कार्यालय


४.० अति आवश्यक भौतिक र्पूवाधारहरु ः
    नेपालको समृद्धिका लागि यी आधारभूत आवश्यकतालाई राज्यले अनिवार्य रुपमा निर्माण गर्नु पर्दछ र मात्र नीजी क्षेत्र यी क्षेत्रमा जान चाहन्छ र अझ नीजि क्षेत्रलाइ आकर्षण गर्नका लागि सरकारले केही नमुना कार्यहरु आप्mने पहलमा गर्ने र उनीहरुलाइ थप सुविधा दिन सकेमा मात्र उक्त क्षेत्रको विकास अगाडी बढने छ । तसर्थ यी अति आधारभूत पूर्वाधारको क्षेत्रमा विशेष ध्यान जान आवश्यक छ ।

४.१      वाटो 
बाटोको मापदण्डका आधारमा बाटोको वर्गीकरण  ।

  • सवै मानव बस्ती, तथा व्यवशायिक स्थानहरुलाई पक्कि वाटोले जोड्रने । 
  • व्यवशायिक क्षेत्रहरुमा कम्तिमा ४ लेनका वाटाहरु निर्माण  । 
  • प्रत्येक कृषि उत्पादन क्षेत्रमा व्यवस्थित बाटोको संजाल  ।
  • विभिन्न राजनीतिक इकाइहरुमा  विभिन्न चक्रपथहरुको निर्माण ।
  • मध्य पाहाडी मार्ग यथासिघ्र निर्माण ।
  • सवै पर्यटकीय स्थल तथा नदीहरुमा वाध, तटवन्ध र हरियारी बनाउदै नदी किनारमा कोरीडोर सडकहरुको निर्माण  ।
  • सवै पर्यटकीय गन्तव्यहरुमा कम्तिमा २ लेनको सडक यथासिघ्र निर्माण ।
  • सवै सडकहरुमा अनिवार्य हरियालीको व्यवस्था ।
  • ४.२      विधुत ः
  • यस प्रदेशका सवै मानव बस्ती तथा व्यवशायिक स्थानहरुमा विधुत सेवा उपलव्ध  । 
  • व्यवशायिक क्षेत्रहरुमा आवश्यकता वमोजिम विधुत सेवा उपलव्ध  । 
  • सार्वजनिक तथा पर्यटकीय स्थानहरुमा सोलार सिस्टमवाट विधुत सेवा उपलव्ध ।

४.३      पानी

  • मानव वस्ती तथा व्यवशायिक स्थानहरुमा अवश्यकतानुसार पानी उपलव्ध  ।
  • पानीका विभिन्न श्रोतहरुलाई वाताबरण संरक्षण सहित उपयोग  ।
  • पानीका श्रोतहरुको व्यवस्थित रुपमा संरक्षण र सम्वर्धन ।
  • कृषि क्षेत्रमा सिचाइको व्यवस्था ।

४.४     कृषि  उत्पादनको  पूर्वाधार

  • माटो परिक्षण
  • सिचाईको व्यवस्था
  • उन्नत मल, बिउ तथा प्रविधि
  • कृषि संकलन केन्द्र तथा बजारको व्यवस्था

४.४      शिक्षा 

  • नेपालको विकासको वर्तमान आवश्यकताका लागि प्राविधिक शिक्षालाई प्राथमिकता ।
  • सामुदायिक स्कूलको गुणस्तर कायम ।
  • नीति क्षेत्रलाई विश्व स्तरका शैक्षिक सस्थाहरुको संचालनमा जोड ।
  • सवै स्थानीय निकायका वार्डहरुमा उच्च मा बि को स्थापना । 
  • उच्च मा बि.सम्म सवै बिधार्थीहरुलाई एउटा विषयमा अनिर्वाय प्राविधिक विषयको पढाई ।

प्राप्त प्रतिकृयाहरू

To Top