फेसबुकमा नँया फिचर थपिदैछ ,थाहा पाउनुहोस 

मनोरञ्जन बैशाख १९ २०७५ ekhabarnepal
Fb


एजेन्सी। फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकमा नँया सूविधा थप्न लागेको मंगलबार घोषणा गरेका छन् । उनले ब्राउजिङ हिस्ट्री डिलेट गर्ने सुविधा थप्न लागिएको बताएका छन् ।

क्यालिफोर्नियामा आयोजित कम्पनीको वर्षीक एफएट कन्फरेन्सलाई सम्बोधित गर्दै जुकरबर्गले फेसबुकको पुरानो हिस्ट्रि डिलिट गर्ने टूल ‘क्लियर हिस्ट्रि’ बारे घोषणा गरेका हुन् ।

सो टुलको प्रयोगबाट आफूले ब्राउज गरेको वेबसाइटको हिस्ट्री मेटाउन सकिनेछ । विज्ञापन वा अन्य टुल्समार्फत क्लिक गरेर जुन वेबसाइट वा एप्समा पुगिन्छ, त्यसलाई क्लिक गरेर अब आफ्नै मर्जीले डिलिट गर्नको लागि सो टुलको प्रयोग हुनेछ ।

यसको साथै फेसबुकले चाँडै नै डेटिङ सर्भिस पनि सुरु गर्ने भएको छ । यसमार्फत फेसबुक प्रयोगकर्ताले आफ्ना लागि साथी छान्न सक्नेछन् । फेसबुकमा लगभग दुई करोडले आफ्नो स्टेटस सिंगल लेखेका छन् । यसैलाई ध्यानमा राख्दै सो फिचर ल्याउन लागिएको हो । उनीहरुले अब आफ्ना लागि साथी छान्ने मौका पाउनेछन् ।

प्राप्त प्रतिकृयाहरू

To Top