देशैभरी खानेपानीको अभाव हुन दिइँदैन : प्रधानमन्त्री ओली

राजनीति बैशाख १९ २०७५ ekhabarnepal
Kp oli uml pm 696x464


काठमाडौँ बैशाख १९,  

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमक प्रथम नागरिक धिमाल जातिको प्रतिमा अनावरण गर्नुभएको छ । दमक नगरपालिका परिसरमा रहेको प्रतिमा अनावरण गर्नुभएको हो । दमक नगरपालिकाले ७४/६/ ३० गते नगर सभाबाटै प्रतिमा राख्ने घोषणा गरेको थियो ।

खानेपानीको अभाव हुन दिइँदैन 
प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरी शुद्ध खानेपानीको अभाव हुन नदिने बताउनुभएको छ । दमक खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको उदघाटन गर्दै प्रधानमन्त्रीले सरकारले दमकमात्रै नभएर देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताउनुभयो ।

नेपाल सरकार, नगर विकास कोष र खानेपानी तथा सरफाई उपभोक्ता संस्थाको ३० करोड २ लाख ४३ हजार ४ सय ८५ रुपैया“ लागतमा खानेपानी आयोजना निर्माण हुन लागेको हो ।

प्रधानमन्त्रीले दमक–रवि  बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाइने जानकारी दिंदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताउनुभयो । उहा“ले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि ब्यापारिक हबकोरुपमा दमकको विकास गरिने बताउनुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top