बुटवलमा ३ दिने रोजगार मेला शुरु हुदै  

रोजगार बैशाख १९ २०७५ ekhabarnepal
Rojgar

 

बुटवल ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आयोजनामा पर्सीदेखि बुटवलमा ३ दिने रोजगार मेला २०७५ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र अन्तराष्ट्रिम श्रम संगठन आईएलओ को आर्थिक सहयोगमा बुटवलमण्डपमा हुने मेलाको प्रदेश नम्वर ५ का उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम तय  भएको छ ।
आज बिहान बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि  स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्दै युवाहरुलाई आर्कषित गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष कन्हैयालाल कसौधनले जानकारी दिनु भयो। मेलामा रोजगारदाता र रोजगार लिने ब्यक्तिको  दुई फरक किसिमका डेक्स राखि तथ्याकं लिइने उहाले बताउनु भयो  ।  मेलाबाट छनौटमा परेका २० जनाले दक्षता अभिवृद्धि गर्ने तालिमको अवसर प्राप्त गर्ने छन । मेला अवधिमा रुपन्देहीको उद्योग र दक्ष जनशक्तिको अवस्था चित्रण गर्ने गरि दक्ष जनशक्तिको माग र अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिने अध्यक्ष कसौधनले बताउनु भयो  । पाच नम्बर प्रदेश उद्योग, पर्यटनका लागि समेत एउटा अवसर भएको भन्दै यसका लागि जनशक्तिको खाचो रहेको महासंघका वरिष्ठ उपाध्यक्ष धु्रव धिताले बताउनु भयो ।
महासंघको प्रदेश नम्बर ५ का अध्यक्ष नेत्र प्रसाद पाठकले विदेश पलायन भएका युवाहरुलाई रोक्ने उद्येश्यका साथ प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भयो । मेलामा १ सय ५० उद्योगी र आठ सय रोजगार खोज्ने युवाहरु आउने आयोजकको अपेक्षा छ ।
कार्यक्रममा महासंघका महिला समिति सभापति मञ्जु भुसाल र महासचिव बिष्णु कुमार श्रेष्ठले पनि बोल्नु भएको थियो ।

 

प्राप्त प्रतिकृयाहरू

To Top