फिल्म 'सञ्जु'को दोस्रो पोस्टरमा रणवीर कपुरको यस्तो हुलिया

मनोरञ्जन बैशाख १८ २०७५ ekhabarnepal
Sanju poster 4ozmqnq0c4

एजेन्सी। सञ्जय दत्तको बायोपिक 'सञ्जु' को टिजर सार्वजनिक भएसँगै भाइरल भएको थियो। टिजरमा रणवीर कपुरको हुलिया र हाउभाउ निकै रुचाइएको थियो। टिजरमा उनी धेरै हदसम्म सञ्जय दत्त जस्तै देखिएका थिए। यसैबीच निर्देशक राजकुमार हिरानीले 'सञ्जु' को दोस्रो पोस्टर सार्वजनिक गरेका छन्। फिल्मको पहिलो पोस्टरमा सञ्जय दत्तका विभिन्न उमेर अवस्थाका अवतारमा रणवीरको झलक देखिएको थियो भने दोस्रो पोस्ट केही फरक छ।

ट्विटरमा पोस्टर सेयर गर्दै निर्देशक हिरानीले लेखेका छन्, 'रणवीर जस्तै सञ्जु। जब उनी सन् २०१६ मा जेलबाट बाहिर निस्किएका थिए। उनको पूरा कथा जून २९ मा।' 

फिल्मको पोस्टरमा रणवीर क्लोजअप तस्बिरमा दुरुस्तै सञ्जय दत्त जस्तै देखिएका छन्।

राजकुमार हिरानद्वार लिखित र निर्देशित बायोपिकमा रणवीर कपुर, मनीषा कोइराला, परेश रावल, अनुष्का शर्मा, दिया मिर्जा र सोनम कपुर लगायतका कलाकारको अभिनय छ। फिल्म जून २९ मा रिलिज हुनेछ।

निर्देशक हिरानीले सञ्जय दत्तको जीवनका प्रमुख घटनाहरुमध्ये उनी जेलबाट रिहा हुँदाको क्षणलाई लाइभ खिचेका थिए, जसले गर्दा बायोपिक बनाउँदा उक्त पललाई स्क्रिनमा जीवन्त उतार्न सकियोस्। फिल्मको छायांकन पुणे नजिकैको येरवदा जेलमा गरिएको थियो। 

प्राप्त प्रतिकृयाहरू

To Top